site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एप्पलको नयाँ आइफोनले सामसुङलाई अहिलेसम्मकै बढी नाफा !
Sarbottam CementSarbottam Cement

एजेन्सी । केही समय अगाडि मात्र लन्च भएका नयाँ आइफोनले सामसुङको यसअघिका सबै नाफाको रेकर्ड तोड्न मद्दत गरेको छ । यी दुवै स्मार्टफोन निर्माणकर्ता कम्पनीहरुबीच लामो समयदेखि बलियो प्रतिस्पर्धा रहँदै आएको छ । तर यसका बावजुद दक्षिण कोरियाली विद्यूतीय कम्पनी, सामसुङले एप्पललाई महत्वपूर्ण पूर्जाहरु बेच्ने गरेको सीएनएनले जनाएको छ ।  

सामसुङले शुक्रबार मात्र यसबारे खबर गर्दै तीन महिनामा १५.६ अर्बको नाफा भएको जानकारी दिएको हो । यसलाई सामसुङको अहिलेसम्मकै बढी आम्दानी बताइएको छ जुन पछिल्लो समय २० प्रतिशतले वृद्धि भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

वास्तवमा सामसुङको मेमोरी चिप र डिस्प्लेको बलियो व्यापारकै कारण यत्तिको नाफा भएको बताइएको छ । यसमा सामसुङले नयाँ रेन्जका आइफोनका लागि प्रदान गरेको फ्लेक्जिबल स्क्रिनले सबैभन्दा बढी फाइदा पुर्याएको हो । तरपनि यसले सामसुङको नाफालाई कहिलेसम्म उचाइमा राखिरहन्छ भन्नेमा चाहिँ शंका व्यक्त गरिएको छ । किनकि यसअघि सामसुङले नोट–९ रिलिज गरेपनि त्यसको व्यापार निराशाजनक रहेको बताइएको थियो । त्यसैगरी सामसुङको मेमोरी चिपको मूल्य घटाउनु पर्न सक्नेमा पनि चिन्ता व्यक्त गरिएको छ । 

पछिल्लो समय विश्वको ध्यान दक्षिण कोरियातर्फ केन्द्रित भएका कारण पनि यस विश्वकै ठूलो स्मार्टफोन निर्माणकर्तालाई व्यापारमा अधिक फाइदा पुगेको बताइएको छ । त्यसैगरी गर्मी मौसमले पनि सामसुङ इलेक्ट्रोनिक कम्पनीलाई विशेष लाभ पुर्याएको बताइएको हो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०७५  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC