site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
जलवायु परिवर्तनलाई रोक्न नसके १२ वर्षमै भयानक परिणाम भोग्नुपर्ने वैज्ञानिकहरुको चेतावनी 
Sarbottam CementSarbottam Cement

बीबीसी । जलवायु परिवर्तनले निम्त्याएको बढ्दो तापक्रमको प्रभावबाट बच्न वैज्ञानिकहरुले अन्तिमपटक चेतावनी दिएका छन् । मान्छेले अब पनि वातावरण सुधारमा गम्भीर भएर नलागे पृथ्वीमा चाँडै जीवन अन्त्य हुन सक्ने सम्बन्धि चिन्ता व्यक्त गर्दै उनीहरुले हालसम्मकै ठूलो चेतावनी दिएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।

अहिले पृथ्वीको तामक्रम १.५ डिग्रीले बृद्धि भएको सोमबारको रिपोर्टले देखाएको हो । यस्तोमा वातावरण हाम्रो नियन्त्रण भन्दा बाहिर पुगिसकेकाले आजैबाट काम सुरु नगरे पृथ्वीको तामक्रम तीन डिग्री पुग्ने बताइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

तीन वर्षको अनुसन्धानपछि विशेषज्ञहरुले हालको वृद्धिलाई न्युन गराउन आजको समाजमा तीव्र र बेजोड परिवर्तन आवश्यक रहेको बताएका हुन् । यस्तोमा अझैपनि परिस्थितिमा सुधार ल्याउन सकिने तर यो भन्दा ढिला गरेमा भने आगामी पिँढीले भयानक परिणाम भोग्नुपर्ने निश्चित रहेको उनीहरुले बताए । वास्तवमा जलवायु परिवर्तनको गैरसरकारी संगठन आइपीसीसीले एउटा विशेष रिपोर्ट तयार गरि विश्वलाई यसको बढ्दो प्रभावबारे सचेत गराउने उद्देश्यले तथ्याङ्क संकलनको कार्य सुरु गरेको थियो । उनीहरुका अनुसार यसमा सिङ्गो व्यक्तिदेखि प्रत्येक राष्ट्रका प्रमुखहरुको भूमिका महत्वपूर्ण रहेको छ । तर राजनीतिज्ञहरु आर्थिक विकास र जनताको जीवन स्तर सुधार्नमै बढी केन्द्रित रहन चाहान्छन् भने वातावरण विद्हरु चाहिँ आफ्ना अध्ययनमा आधारित योजना अघि बढाउनमा जोड दिइरहेका छन् जसकारण यो विषय झन चुनौतिमय बन्दै गएको हो । 

ग्रीनपिसकी सदस्य केसा कोसोनेका अनुसार हामी अहिले नै खतरामा छौँ किनकी पछिल्लो समय सयौँ वर्ष अगाडिका रुखहरु अचानक सुक्दै गइरहेका छन् जसकारण गर्मीयामको अधिक तापक्रममा हामीले विश्वका आधा भन्दा बढी भूभागमा आगलागी भएको खबर सुन्यौँ । यस्तोमा तापक्रम २ डिग्री मात्र पुगे पनि सबैभन्दा पहिले समुद्रको सतह १० सेन्टिमिटर भन्दा बढीले वृद्धि हुन सक्छ । तर हालको तापक्रमलाई कम गर्न सकियो भने चाहिँ बाढी पहिरोका कारण हुने विश्वव्यापी मृत्युलाई कम गराउन सक्नेछौँ । यसैगरी धान गहुँ मकै जस्ता अन्न उब्जिने क्षमतामा पनि जलवायु परिवर्तनले ठूलो प्रभाव पार्नेछ । यस्तोमा वैज्ञानिकहरुले ‘आजै देखि काम गर मूर्खहरु’ भन्ने भनाइ सबैको मस्तिष्कमा पुर्याउन चााहेको तर यसका लागि उनीहरुले अङ्क र अध्ययनको सहायता लिनु परिरहेको केसा बताउँछिन् ।

Global Ime bank

तरपनि उद्योग तथा सवारी साधनबाट उत्सर्जन हुने कार्बनलाई हावाबाट सोस्न सुझाइएका प्राविधिक मेसिन र बोटविरुवाहरु सधैँ उत्पादन गरिरहन विश्वले ठूलो रकम खर्चिनुपर्ने हुन्छ । यसकारण पनि यो समस्याको समाधान दिन प्रतिदिन जटिल बन्दै गइरहेकोमा गम्भीर चिन्ता व्यक्त गरिएको छ । 

तरपनि हामीले अहिले नै यसमा प्रभावकारी कदम उठाउन सक्यौँ भने तुलनात्मक रुपमा थोरै लगानीले पुग्ने वैज्ञानिकहरुको दाबी छ । त्यसैले यसका लागि पेरिस जलवायु सम्झौता मात्र पर्याप्त नभएको भन्दै विशेषज्ञहरुले राष्ट्र प्रमुखहरुलाई अन्तिम निर्णय लिन आग्रह गरिरहेका छन् । 

हामीले अहिले नै जलवायु परिवर्तनलाई सिमित गराउन सके मात्र भविष्यको खतरा कम गर्न सक्ने उनीहरुको भनाइ छ । नत्र आगामी २०३० अर्थात १२ वर्षमै हामीले धेरै भयानक परिणाम भोग्नुपर्ने हुन्छ जसपछि पृथ्वी मानव वस्तीका लागि अयोग्य ठहरिने जोखिम समेत रहेको विज्ञहरुले चेतावनी दिएका हुन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC