site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
कांग्रेसमा पनि छन् अरिंगाल
Sarbottam CementSarbottam Cement

असोज २१ गतेको केन्द्रीय कार्यसमिति बैठकमा नेपाल विद्यार्थी संघले सर्वसम्मतिबाट स्वीकृतिका लागि प्रस्तुत गरेको संघको विधान २०२७ सातौं संशोधन २०७५ लाई पन्छाएर विधि, प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गर्दै छुट्टै विधान मस्यौदा प्रस्तुत गर्नु गलत हो । त्यस दिनको बैठकमा म जान पाइन । तर राम्रो शैली अपनाइएन । 

पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेताहरुसँग सल्लाह गरेर काम गरेको भए यस्तो विवाद हुने थिएन, समस्या आउने थिएन । तर, उहाँले पेलेर जान खोज्नु भएजस्तो देखियो । यो मामिलामा सभापति दोषी हो कि होइन भन्दा पनि सर्वोच्च अधिकार प्राप्त व्यक्ति भएकोले उहाँले सबैसँग सल्लाह गरेर अघि बढ्नुपथ्र्यो भन्ने हाम्रो भनाइ हो । हामी पनि विद्यार्थीको उमेरको हद तोक्ने पक्षमा नै छौं । विद्यार्थी भनेको एउटा उमेर समूहका युवा नै हुन् । विद्यार्थीको तोकियो अब पार्टीका नेताहरुको पनि तोक्नुपर्छ भन्ने कुरा आएको सुनियो । तर, पार्टी  नेपाली कांग्रेस भनेको एउटा  विचार बोक्ने समूह हो । त्यसैले नेतृत्वको पनि उमेर हद तोक्नु पर्छ भन्न मिल्दैन । 

सभापतिको गिरोह

Prabhu Bank
Agni Group
NIC Asia

पार्टी सभापति सानो गुट र गिरोहबाट चल्नुभयो । उहाँले सबैलाई समेटेर अघि बढ्नुगर्यो भन्ने हाम्रो माग हो । आफ्नो गिरोह बाहेकका नेताहरुसँग समेत उहाँले छलफल गरेको भए यस्तो विवाद उत्पन्न हुने थिएन । नेविसंघकै बारेमा पनि केन्द्रीय कार्यसमितिको बैठकमा जानुअघि नै छलफल गरेर निचोड निकालेको भए विवाद यसरी छताछुल्ल हुने थिएन । तर, उहाँहरुले यसो गर्न चाहनु भएन । त्यही भएर समस्या उत्पन्न भएको हो ।  

कांग्रेसमा पनि अरिंगाल

Global Ime bank

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले काम गर्न दिएन, ‘अरिंगाल जस्तै जाइलाग’ भन्ने निर्देशन हालै कार्यकर्तालाई दिनुभएको थियो । अहिले कांग्रेसमा पनि सभापति नजिककाहरुले पार्टी भित्रका विपक्षीले काम गर्न दिएनन् भनेर त्यस्तै खालको आरोप लगाएको देखिन थालेको छ । नेपाली कांग्रेसको विधानले सभापतिलाई अहिले पनि धेरै अधिकार दिएको छ । चाहनु भयो भने उहाँले काम गर्न नसक्ने भन्ने कुरा नै छैन । तर, पार्टीभित्रका विपक्षीलाई उहाँले दोष दिने गर्नुभएको छ । त्यसले गर्दा पार्टीमा समश्या उत्पन्न हुने गरेको छ । 

कोइराला परिवार ‘हिन्दू राज्य’मा लागेको हो ?

धर्म र राजनीति फरक—फरक कुरा हुन् । नेताहरुले आ—आफ्नो धारणा राख्न सक्नुहुन्छ । पार्टी महामन्त्री डा. शंशाक कोइरालाले म समेत उपस्थित रहेको एउटा कार्यक्रममा हिन्दू राज्यको पक्षमा धारणा राख्नुभएको हो । तर, कोइराला परिवार लागेको भन्न नमिल्ला । यो कुरा महासमिति बैठकमा पनि जाला । त्यहाँ  छलफल होला । लोकतान्त्रिक पार्टीमा विविधता हुन्छ । नेता तथा कार्यकर्ताको फरक फरक धारणा हुन सक्छ । उहाँहरुले महासमिति बैठकमा मूल्यांकन गर्नुहोला । त्यसैले अहिले नै को हिन्दू राज्यको पक्ष वा विपक्षमा भन्न नमिल्ला । महासमिति बैठकले निर्णय गर्ने कुरा हो । 

कोइराला परिवारबाट सभापति उमेदवार को ?

कोइराला परिवारले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार तय गर्न छलफल गरिरहेको कुरा पनि बाहिर बेलाबेलामा आएको सुनिन्छ । कोइराला परिवारका हामी तीन जना भेटघाट गरेको कुरालाई लिएर यसरी हल्ला गरिने गरेको पाइन्छ ।  शशांक, सुजाता र म बेलाबेलामा भेट्ने पनि गरेका छौं । हामीले भेट्नै नमिल्ने भन्ने त कुरा भएन । हामी पार्टीभित्रका समस्याका बारेमा पनि कुरा गर्छौैं । बाहिरी राजनीतिको बारेमा पनि छलफल गर्छौ । अन्तर्राष्ट्रिय विषयमा पनि कुरा गर्छौं । भएको यही हो । यसैमा कोइराला परिवारले आफ्नो उम्मेदवार तय गर्न लागेको भनेर हल्ला गर्नु सुहाउने कुरा होइन । 

संवादहीनता भयो

कोइराला परिवारका हामी तीन जना भेट्दा विभिन्न अर्थ लगाइने गरेको छ । सभापति देउवाले बोलाउनु भएको भए पनि हामी जान्थ्यौं । तर, उहाँले कहिल्यै बोलाउनु हुन्न । एक प्रकारको संवादहीनताको अवस्था छ । बोलचाल नै बन्द भएको त होइन तर महत्वपूर्ण विषयमा कहिल्यै पनि छलफल हुँदैन  । छलफल गरेर निर्णयमा जाने हो भने पार्टीभित्रको समस्या समाधान नहुने भन्ने अवस्था होइन ।
(बाह्रखरीसँगको कुराकानीमा आधारित)


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  ०४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC