site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्मलाका बुवालाई नै थर्काए एसपीले ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ महुलीयाकी १३ वर्षीय किशोरी निर्मला पन्तले लगाएका लुगाहरु प्रहरीले पोष्टमार्टमभन्दा अघि नै नस्ट गरेको खुलेको छ । साउन १० गते साथी रोशनी वमको घरमा जान हिँडेकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । 

निर्मलाको सामूहिक बलात्कारपछि हत्या गरिएको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले समेत उल्लेख गरेको छ । तत्कालीन कञ्चनपुर प्रहरीले साउन ११ गते निर्मलाको शव भेटिएको दिन तयार पारेको मुचुल्कामा निर्मलाको जिउमा रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेष्ट र खरानी रंगको पेन्टीलगायतका समान रहेको उल्लेख गरेको छ ।

तर उच्चस्तरीय छानबिन समितिले बरामद भएका कपडाहरु नभेटिएको बताएको छ ।

Agni Group

समितिको प्रतिवेदनमा लेखिएको छ,‘‘साउन ११ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खडा गरिएको घटनास्थल लासजाँच मुचुल्का र दशी सनाखत मुचुल्कामा मृतक निर्मला पन्तको जिउमा रहेको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेष्ट र खरानी रंगको पेन्टीलगायत साईकल,कापी बरामद गरी प्रहरीले लगेको उल्लेख रहेको । तर बरामद गरिएका उल्लिखित वस्तुहरु हालसम्म नभेटिएको ।’’ 

प्रहरीले बरामद गरेर लगेका कपडाहरुबाट पनि अनुसन्धानमा सहयोग पुग्न सक्ने अनुसन्धानकर्ताको विश्वास थियो ।  प्रहरीले शवसँगै कपडा पनि जलाइएको दाबी गरेपनि निर्मलाका बुवा यज्ञराज पन्तले निर्मलाको पोस्टमार्टमअघि नै प्रहरीले कपडा नस्ट गरेको दाबी गरे ।
“निर्मलाको शव दिँदा नै उनीहरुले सेतो कपडाले छोपेर दिएका थिए,” यज्ञराजले बाह्रखरीसँग कुरा गर्दै भने, “मैले छोरीको कपडा खोइ भनेर पछि सोधेँ, उल्टै मलाई कञ्चनपुरका अहिलेका एसपी कुवेरसिंह कडायत  मैमाथि जाइलागे । मलाई नै कुट्लानझैं गरे । उनीहरुले उल्टै मुचुल्कामा रहेको ल्याप्चे पनि आफैं लगाएको होइन ? भन्दै मलाई धम्क्याए । म भारतमा भएका बेला यहाँ ल्याप्चे लगाइएको रहेछ ।”

Global Ime bank

हिन्दु संस्कारअनुसार शव जलाउने बेला मृतकका कपडा जलाउने वा पानीमा बगाउने गरिएको भएपनि हत्याजस्तो संवेदनशील विषयमा प्रहरीले कतिपय कुराहरु अध्ययनका लागि राख्नुपर्ने भए पनि नराखेको अनुसन्धान अधिकृत बताउँछन् । 
साढे दुईमहिना बितिसक्दा पनि प्रहरीले निर्मला हत्यासँग जोडिएको चित्तबुझ्दो सुराकसमेत फेला पार्न सकेको छैन ।

आधादर्जन अनुसन्धान टोली कञ्चनपुरमा सक्रिय छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझा प्रहरी गम्भीरतापूर्वक घटनाको अनुसन्धानमा लागेको बताउँछन् । यसअघि निर्मला हत्यामा संग्लन भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेपनि उनको डीएनए म्याच गरेको थिएन । 

चर्चामा रहेको निर्मला हत्याकाण्डमा प्रहरीले सेनाका केही जवानमाथि पनि गोप्य अनुसन्धान गरिरहेको स्रोतको दाबी छ ।  आइतबार मात्रै निर्मला हत्याबारे सार्वजनिक भएको उच्चस्तरीय प्रतिवेदनले प्रहरीका कयौं गम्भीर त्रुटि औल्याउँदै आवश्यक कारवाहीका लागि सिफारिस गरेको छ ।

हालसम्म निर्मला हत्या प्रकरणको अनुसन्धानलाई लिएर कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी निलम्बनमा परिसकेका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC