site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
विश्वमा जापानी पासपोर्ट शक्तिशाली, नेपाली १०१ औं स्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट १०१ औं स्थानमा परेको छ । हेन्ली एण्ड पार्टनरले मंगलबार सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स, २०१८’ मा नेपाली पासपोर्ट अघिल्लो वर्षको तुलनामा चार स्थान तल झर्दै १०१ औं स्थानमा परेको हो । सूचीको पहिलो स्थानमा जापानी पासपोर्ट पर्न सफल भएको छ । अर्थात, जापानी पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । 

हेन्ली एण्ड पार्टनरले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्दै आएको छ । ‘अन अराइभल’ (सम्बन्धित देशमै गएर भिसा लिन सकिने सुविधा) भिसा प्राप्तीको आधारमा सूची तयार पारिन्छ । जुन देशको पासपोर्टले सबैभन्दा बढि देशमा अन अराइभल भिसा पाउँछ त्यसलाई सबैभन्दा शक्तिशाली मानिन्छ । नेपाललाई विश्वका जम्मा ४० देशले मात्र अन अराइभल भिसा उपलब्ध गर्ने गरेको हेन्ली एण्ड पार्टनरको वार्षिक सूचीमा उल्लेख छ ।
नेपाली पासपोर्ट विश्वका सबैभन्दा कमजोर पासपोर्टको प्रमुख १० मा परेको छ । सूचीमा विश्वका एक सय ९९ सय देश समेटिएको छ । सूचीमा समेटिएका केही देशहरुले समान अंक पाउँदा एउटै स्थानमा रहेका छन् । विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्टभन्दा अगाडि विश्वका १ सय ८९ देशका पासपोर्ट छन् भने पछि ९ देशका पासपोर्ट । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट सूचीको पहिलो स्थानमा जापान र दोस्रोमा सिंगापुर परेका छन् । जापानी पासपोर्टले विश्वका एक सय ९० देशमा अन अराइभल भिसा पाउँछ भने सिंगापुरको पासपोर्टले विश्वका १ सय ८९ देशमा । तेस्रो स्थानमा परेका फ्रान्स, जर्मनी र दक्षिण कोरिया गरी तीन देशका पासपोर्टले विश्वका १ सय ८८ देशमा अन अराईभल भिसा पाउँदै आएका छन् । 

चौथौं स्थानमा डेनमार्क, फिनल्याण्ड, इटाली, स्पेन र स्वीडेन गरी पाँच देश पर्न सफल भएका छन् । चौंथो स्थानमा परेका सबै देशका पासपोर्टले १ सय ८७ देशमा अन अराइभल भिसा पाउने गरेका छन् । शक्तिशाली पासपोर्ट सूचीको पाँचौं स्थानमा अष्ट्रेलिया, लग्जेम्वर्ग, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, बेलायत र अमेरिकी पासपोर्ट परेका छन् । यी सबै देशका पासपोर्टले विश्वका १ सय ८६ देशमा अन अराइभल भिसा पाउने उल्लेख गरिएको छ । 

Global Ime bank

सूचीको सबैभन्दा पछिल्लो स्थान अर्थात १०६ औं नम्बरमा इराक र अफगानिस्तानको पासपोर्ट परेका छन् । यी देशका पासपोर्टले विश्वका ३० देशमा मात्र अन अराइभल भिसा पाइरहेका छन् । सूचीमा नेपालपछि क्रमसः इरिट्रिया, प्यालेस्टाईन, सुडान, यमन, पाकिस्तान, सोमालिया, सिरिया, अफगानिस्तान र इराक रहेका छन् । सूचीमा नेपाल पछाडि रहेका ९ देशमध्ये अधिकांस द्वन्द्वग्रस्त राष्ट्र छन् । 

नेपाली पासपोर्टलाई एसियाका ११, अफ्रिकाका १९, ओसिनियामा पर्ने ६, क्यारेबियन ३ र दक्षिण अमेरिकी १ राष्ट्रले मात्र अन अराइभल भिसा दिने गरेका छन् । सूचीअनुसार एसियाका बंगलादेश, क्याम्बोडिया, भारत, इन्डोनेसिया, लाओस, माल्दिभ्स, पाकिस्तान, फिलिपिन्स, सिंगापुर, श्रीलंका र टिमोर–लेस्टेले नेपालीलाई अन अराइभल भिसा दिने गरेका छन् । नेपाललाई अन अराइभल भिसा दिने अफ्रिकी राष्ट्रमा बेनिन, केप भर्डे आइल्याण्ड, कोमोरेस आइल्याण्ड, डिजिबुटी, इजिप्ट, गाम्बीया, गुयना–बिसाउ, केन्या, माडागास्कर, मौरिसस्, मौरितानिया, मोजाम्बीक, रुवान्डा, सेनेगल, सिसिली, सोमालिया, तान्जानिया, टोगो र युगाण्डा छन् । 

ओसिनिया राष्ट्रमध्ये कुक आइल्याण्ड, माइक्रोनेसिया, निउ, पलाउ आइल्याण्ड, सामोअ र तुभालुले नेपालीलाई अन अराइभल भिसा उपलब्ध गराउँदै आएका छन् । यस्तै, क्यारेवियन राष्ट्रहरु डोमिनिका, हैइटी, सेन्ट भिनसेन्ट र दक्षिण अमेरिकी राष्ट्रमा बोलिभियाले पनि नेपाललाई अन अराइभल भिसा उपलब्ध गरेको सूचीमा उल्लेख छ ।

सूचीअनुसार दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा शक्तिशाली पासपोर्ट माल्दिभ्सको रहेको छ । त्यसपछि क्रमशः भारत, भुटान, श्रीलंका, बंगलादेश, नेपाल, पाकिस्तान र अफगानिस्तानका पासपोर्ट रहेका छन् । सूचीमा माल्दिभ्स ५८ स्थानमा रहेको छ, जसलाई विश्वका ८७ राष्ट्रले अन अराइभल भिसा दिने उल्लेख छ । यस्तै, ८१ स्थानमा रहेको भारतलाई विश्वका ६० राष्ट्र, ८६ स्थानमा रहेको भुटानलाई विश्वका ५५, ९९ स्थानमा रहेको श्रीलंकालाई विश्वका ४२ राष्ट्रले, १०० स्थानमा रहेको बंगलादेशलाई ४१ देशले, १०४ स्थानमा रहेको पाकिस्तानलाई विश्वका ३३ राष्ट्रले र १०६ स्थानमा रहेको अफगानिस्तानको पासपोर्टलाई विश्वका ३० राष्ट्रले अन अराइभल भिसा दिने गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  ०५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC