site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘अनुभवको कमीले अंक गुमाउनुपर्‍यो’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सशत्र प्रहरी बल (एपिएफ)का प्रशिक्षक राजेन्द्र तामाङले अग्रपंक्तिका खेलाडीमा अनुभवको कमी हुँदा सहिद स्मार ‘ए’ डिभिजन लिगको पहिलो खेलमा गोलरहित बराबरी खेल्नुपरेको बताएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा शुक्रबार पहिलो खेलमा एपिएफ र हिमालयन शेर्पा क्बलले गोलरहित बराबरी खेलेका हुन् । 
“हामीले पहिलो हाफमा राम्रो खेलेका थियौं । तर दोस्रो हाफमा त्यही प्रदर्शन दोहोर्याउन सकेनौं,” दुई महिनाअघि एपिएफको प्रशिक्षण सम्हालेका प्रशिक्षक तामाङले भने, “दोस्रो हाफमा हाम्रो मिडफिल्ड र फरवाडबीचको तालमेल मिलेन । फरवाडमा अनुभवको कमी हुँदा पाएको थुप्रै अवसर गुमाउनुपर्यो ।”
शीर्ष तीन टोलीभित्र पर्ने लक्ष्य लिएको एपिएफले सुरुबाटै खेल नियन्त्रणमा राखे पनि पाएको अवसरलाई सदुपयोग गर्ने सकेन । ११औं मिनेटमा एपिएफका युवराज खड्काले हानेको प्रहार हिमालयनका गोलकिपर किशोर गिरीले सजिलै बचाए । २८औं मिनेटमा रुपबहादुर लामाको फ्रिकिक पनि विपक्षी गोलकपिर किशोरले मुश्किलले बचाएका थिए । लगत्तै युवराजले गरेको प्रहारले पनि पोष्टको दिशा लिन सकेन । ४३औं मिनेटमा विश्वास श्रेष्ठको प्रहार थोरैले क्रसबार माथिबाट बाहिरिएपछि हिमालयन शेर्पाले अग्रता लिने मौका गुमाएको थियो । ६७औं मिनेटमा अमर डंगोल ‘वान भर्सेस वान’मा गोल गर्न चुक्दा हिमालयन शेर्पाले अग्रता लिने राम्रो मौका खेर फाल्यो । त्यसअघि एपिएफका सन्तोष श्रेष्ठले हानेको प्रयासमा पनि हिमालयनका गोलकिपर किशोर बाधक बने । 
हिमालयन शेर्पाका प्रशिक्षक सुवास लिम्बुले नतिजा आफ्नो पक्षमा नआए पनि खेलाडीको प्रदर्शनमा सन्तुष्टि जनाए । प्रशिक्षक लिम्बुले थपे, “हामीले सानो मैदानमा अभ्यास गरेका थियौं । यहाँ ठूलो मैदानमा खेल्दा समस्या भयो । फरवाडमा कर्ण लिम्बुमात्र अनुभवी खेलाडी भए । नतिजा सोचेजस्तो आएन तर टोलीको प्रदर्शनबाट सन्तुष्ट छु ।”  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC