अर्थ व्यवसाय
काठमाडौं । गण्डकी विकास बैकले सिराहाको लहानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको नयाँ शाखाको उद्घाटन लहान नगरपालिकाका प्रमुख मुनी साह सुडिले गरेका हुन् ।
नयाँ शाखाबाट निक्षेप संकलन सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, सी–आस्वा, आईपीएस, मोबाइल बैकिङ सेवा, सुन धितोमा कर्जा सुविधा, लघुवित्त सेवा, रेमिट्यान्स सेवासहितको पूर्ण बैंकिङ सेवा संचालन गरिएको प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी गराए ।
बैंकले केन्द्रिय कार्यालय सहित देशका ७७ वटा शाखा कार्यालयबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५ १४:५५
प्रतिक्रिया दिनुहोस्