अर्थ व्यवसाय
काठमाडौं । माछापुच्छ्रे बैंकले तनहुँ र खोटाङमा ४ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दिपुर, खोटाङको रुपाकोट मझुवागढि, च्यास्मीटार, धितुङमा शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ३३ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बंैकले जनाएको छ ।
ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्तशाखा रहित सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५ १४:५७
प्रतिक्रिया दिनुहोस्