site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चिनियाँ मिडियामा चीन–नेपाल रेलमार्गको चर्चा
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीन सरकारको सरकारी मुखपत्रका रुपमा लिइने ग्लोबल टाइम्सले आफ्नो शुक्रबारको अंकमा नेपाल—चीन सम्भावित रेलमार्गको बारेमा चर्चा गरेको छ । चीनका विभिन्न विज्ञहरुलाई उद्धृत गर्दै चीनमा निर्माणाधिन रेलमार्गले नेपाल र भारत पनि लाभान्वित हुने सो आलेखमा उल्लेख छ । 

सिचुवान—तिब्बत रेलवेलाई विश्वकै सबैभन्दा बढी चुनौतीपूर्ण रेलवेका रुपमा लिइएको र  यसको तिब्बतको दक्षिण एसियासँगको  एकीकरणमा महत्वपूर्ण भूमिका हुन सक्ने जनाइएको छ ।  यसले चीनको प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) र चीनभित्रै पनि व्यापार सञ्जाल जोड्न मद्दत गर्न सक्ने विज्ञहरुले बताएका छन् ।

चीनका राष्ट्रपति सी जीङपिङले १७०० किमी लामो सिचुवान–तिब्बत रेलवे निर्माणको योजना पूर्ण रुपमा लागु गर्ने पार्टी बैठकमा गत बुधबार मात्रै घोषणा गरेपछि विज्ञहरुले यो टिप्पणी गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चिनियाँ राष्ट्रपतिले पार्टीको बैठकमा सो रेलमार्ग दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तको चेङ्दूबाट शुरु हुने र तिब्बतको राजधानी ल्हासासम्म जाने जनाएका छन् ।  त्यसले जातीय एकता, राष्ट्रिय सुरक्षा र स्थिरता तथा तिब्बतको आर्थिक र सामाजिक विकासमा मद्दत गर्ने उनको अपेक्षा छ । 

२५० बिलियन युआन अर्थात् ३६ दशमलव १६ बिलियन अमेरिकी डलर लगानीमा बन्ने सो रेलमार्ग १६० देखि २०० किमी प्रति घण्टाको दरले गुड्ने र सन् २०२६ सम्ममा निर्माण सम्पन्न हुने जनाइएको छ । सो रेलमार्ग विश्वकै भौगर्भिक रुपमा सक्रिय भूभाग मानिने क्न्घिाई—तिब्बत प्लेटोको दक्षिण पूर्वमा रहनेछ । 

Global Ime bank

चाइना वेष्ट नर्मल युनिभर्सिटीका सहप्राध्यापक  लङ झिङ्चुनले ग्लोबल टाइम्ससँग विहीबार भनेअनुसार यो रेलमार्गले तिब्बतको अर्थतन्त्रलाई ऊर्जाको काम गर्नेछ किनकी यसले तिब्बतलाई सिचुवानसँग जोड्नेछ । जसको यातायातको नेटवर्कले अन्य दक्षिण पश्चिम क्षेत्रलाई समेत  जोड्नेछ । त्यस्तै, अझै विकसित मध्य र पूर्वी क्षेत्रलाई पनि जोड्नेछ । जस्तो कि याङ्त्से रिभर इकोनोमिक जोन र ग्वाङडोङ—हङकङ —मकाउ ग्रेटर बे एरियालाई पनि जोड्नेछ ।   

यसको निर्माण सम्पन्न भएपछि चेङ्दूबाट ल्हासाको यात्रा ४८ घण्टाबाट १३ घण्टामा झर्नेछ । ‘‘समय छोटिएपछि चीनको सम्पन्न क्षेत्रबाट तिब्बतमा सामान र मान्छेको हिँडडुल बढ्नेछ । यसले तिब्बतको  अर्थतन्त्रलाई अझ बलियो बनाउन मद्दत गर्नेछ,’’ संघाई तोङ्जी विश्वविद्यालयका प्राध्यापक तथा रेल विज्ञ सुन झाङले भने । यसैगरी यो परियोजनाले क्विन्घाइ— तिब्बत रेलपछि दोस्रो रेल लाइन तिब्बतलाई प्राप्त हुनेछ । नयाँ रेलमार्गले पहिलो रेलमार्गको भन्दा बढी फाइदा हुनेछ ।

विज्ञहरुले सो रेलमार्गले तिब्बतमा मात्रै होइन, नेपाल र भारतमा पनि सम्पर्कविन्दुको काम गर्ने बताएका छन् । ‘‘यो क्षेत्रले साधन स्रोतहरु आफ्नो देश र बाहिर लग्न सक्ने र त्यसले आर्थिक विकासलाई अघि बढाउन सक्नेछ,’’ लङले भने । 

यसैगरी, चीनका पर्यटकहरु दक्षिण एसियाली मुलुकमा भ्रमण गर्न उत्सुक रहेका छन् । र, उत्तरी भारत र नेपालको सरसामान चीनमा ल्याउन सजिलो हुनेछ । चीनको बजार ती राष्ट्रहरुले लिन सक्नेछन् । 

ग्लोबल टाइम्स अगाडि लेख्छ, “चीन—नेपाल रेलमार्ग जसले नेपालको राजधानी काठमाडौं र तिब्बतको सिगात्सेलाई पनि जोड्नेछ । जुन २०२२ सम्ममा पूरा हुने लक्ष लिइएको छ ।” 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC