site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिंगापुरसँग अंक बाँड्यो नेपालले, सन्दीपले बनाए कीर्तिमान
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसिसी ट्वान्टी—२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत एसिया पूर्वी क्षेत्र छनोटको अन्तिम खेल वर्षाले प्रभावित बनेपछि नेपालले सिंगापुरसँग अंक बाँडेको छ । समान ११ अंक भए पनि रनरेटका आधरमा नेपालले सिंगापुरलाई पछि पार्दै विजेताको हैसियतमा अघिल्लो चरण प्रवेश गरेको छ । 

टस हारेर ब्याटिङका लागि निम्त्याइएको सिंगापुरले १७.३ ओभरमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो । ८२ रनको लक्ष्य पछाउँदै नेपालले दोस्रो बलमै ओपनर अनिलकुमार शाहलाई गुमाएको थियो । लगत्तै वर्षाका कारण खेल अवरुद्ध बनेपछि नेपाल अंक बाँड्न बाध्य बन्यो । समान ११ अंक भए पनि नेपालले सिंगापुरलाई रनरेटमा पछि पारेको हो । नेपालको रनरेट ७.७८२ छ भने सिंगापुरको रनरेट ४.७७२ छ । 

नेपाल र सिंगापुरपछि पूर्वी क्षेत्रबाट छनोट हुने अर्को टोली हो मलेसिया । चीनलाई १० विकेटले पराजित गरेको मलेसियाले थाइल्यान्डलाई रनरेटमा पछि पार्दै अघिल्लो चरणमा स्थान बनाएको हो । नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाउनका लागि सिंगापुर र मलेसियासँगै कतार, कुवेत र युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मलेशियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा सिगांपुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सबैभन्दा धेरै २५ रन बनाए । मनप्रित सिंह र सिदान्तले समान १० रनको स्कोर गर्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए भने सोमपाल कामी र करण केसीले समान २–२ विकेट लिए । वसन्त रेग्मीको नाममा १ विकेट रह्यो । 

सन्दीपको कीर्तिमान 
सिगांपुरका मनप्रित सिंहलाई विकेटकिपर विनोद भण्डारीमार्फत् क्याच गर्दै युवा लेग स्पीनर सन्दीप लामिछानेले एउटै प्रतियोगितामा नेपालबाट सबैभन्दा धेरै विकेट लिने खेलाडीको कीर्तिमान बनाउन सफल भए । 

Global Ime bank

प्रतियोगितामा सन्दीपले २४ विकेट लिँदै यसअघि वसन्त रेग्मीले बनाएको कीर्तिमान तोडेका हुन् । सन्दीपले ६ खेलमा २०.३ ओभर बलिङ गरेर ५७ रन दिँदै २४ विकेट लिएका हुन् । वसन्तले मलेसियामै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए । मलेसिया र थाइल्यान्डविरुद्ध समान ५ विकेट लिएका सन्दीप लामिछानेले म्यानमार र सिंगापुरविरुद्ध चार विकेट लिएका थिए । 

प्रदिप ऐरीको सुखद पुरागमन
लामो समयपछि टोलीमा स्थान बनाएका प्रदीप ऐरीले कमजोर टोलीविरुद्ध नै सही उत्कृष्ट पुनरागमन गरेका छन् । ऐरीले प्रतियोगितामा तीन खेलबाट ७९ रन बनाए । उनले भुटानविरुद्ध अविजित ७५ रन बनाए । प्रदीपको यो स्कोर ट्वान्टी–२० क्रिकेटमा नेपाली ब्याट्सम्यानले बनाएको तेस्रो ठूलो स्कोर हो । यसअघि मेहबुब आलमले २०११ को एसिसी ट्वान्टी–२० मा साउदी अरेवियाविरुद्ध बनाएको ८८ रन नेपाली ब्याट्सम्यानले बनाएको उच्च स्कोर हो । २०१३ को एसिसी ट्वान्टी–२० मा कप्तान पासर खड्काले मलेसियाविरुद्ध बनाएको ८७ रन दोस्रो ठूलो स्कोर हो । ट्वान्टी–२० मा ऐरीको यो चौथो अर्धशतक हो ।

प्रतियोगितामा धेरै विकेट लिने
सन्दीप लामिछाने (नेपाल) २४
ललितनारायण राजवंशी (नेपाल) ११
मनप्रित सिंह (सिंगापुर) ११

प्रतियोगितामा धेरै रन बनाउने
सुरेन्द्रन चन्द्रमोहन (सिंगापुर) १४८
शफिक शरिफ (मलेसिया) १२९
चमिन्दा रावन (सिंगापुर) १७७

नेपालले थाइल्यान्डविरुद्ध बनाएको १ सय ७२ रन प्रतियोगितामा बनेको सबैभन्दा ठूलो स्कोर हो । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । नेपालले थाइल्यान्डलाई डकवर्थ लुइसका आधरमा १ सय ४० रनले पराजित गरेको थियो । जुन प्रतियोगितामा सबैभन्दा धेरै रनको जित हो । नेपालले भुटानमाथि १ सय १७ रनको विजय हासिल गरेको थियो । जुन प्रतियोगितामै ठूलो रनको जित हो ।

नेपालले चीनलाई १० विकेटले हराएको थियो । चीनले दिएको २६ रनको विजयी लक्ष्य नेपालले १.५ ओभरमै पूरा गरेको थियो । यससँगै नेपाल प्रतियोगितामा दोस्रो चाँडो लक्ष्य पूरा गर्ने टिम बन्यो । त्यसअघि म्यानमारले दिएको ९ रनको लक्ष्य मलेसियाले १.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । थाइल्यान्ड, सिंगापुर, मलेसिया र नेपालले चीनलाई १० विकेटले पराजित गर्यो । भुटानले चीनमाथि ९ विकेटको विजय हासिल गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC