site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चक्र बास्तोलाका बारेमा बीपी भन्थे– अत्यन्त तेजस्वी युवक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको शनिबार राति ९ बजेर २० मिनेट जाँदा ललितपुरको  खुमलटारस्थित निवासमा निधन भएको छ । 
विसं. २०६९ सालको पुस महिनामा विराटनगरमा एउटा कार्यक्रममा सहभागी भइरहेकै समयमा उनलाई मस्तिष्कघात भएको थियो । 

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य बास्तोला पूर्वपरराष्ट्रमन्त्री र  भारतका लागि पूर्वराजदूतसमेत रहेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालासँग समेत अन्तरंग सम्बन्ध भएका बास्तोलाका बारेमा स्वयं बीपीले ‘अत्यन्त तेजस्वी युवक’ भनेर प्रशंसा गरेका छन् । 
भारतको राजनीतिक आन्दोलन र पत्रकारितामा लामो समयसम्म संलग्न रहेका भोला चटर्जी (सन् १९२२—१९९२) ले अक्टोबर १९७९ देखि नोभेम्बर १९८१ सम्म पटक–पटक गरी श्रृंखलावद्ध रुपमा बीपी कोइरालासँग अन्तर्वार्ता लिएका थिए । 

सोही टेप अन्तर्वार्ताकै आधारमा प्रश्नोत्तरकै रुपमा लेखिएको उनको पुस्तक ‘बीपी  कोइराला : पोट्रेट अफ ए रिभोल्यूशनरी’ प्रकाशित भएको थियो । पछि त्यसलाई ज्ञानचन्द्र आचार्य, प्रल्हादकुमार प्रसाई, रुद्रकुमार नेपाल र मुक्तिनाथ भट्टले संयुक्त रुपमा अनुवाद गरेकोमा साझा प्रकाशनले पुस्तकका रुपमा २०५१ सालमा पहिलो संस्करण प्रकाशित गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

एक प्रसंगमा बंगलादेशमा स्वतन्त्रता सेनानीलाई आफूले हतियार पठाएको बीपीले बताएका छन् । सन् १९७१ मा बीपीले चक्र बास्तोला र सुशील कोइरालालाई एक ट्रक हतियारसहित बंगलादेश पठाएको पुस्तकमा चर्चा रहेको छ । पुस्तकमा रहेको प्रश्नोत्तर जस्ताको तस्तैः

चटर्जी : तपाईले कति थान हतियार पठाउनु भयो ?
बीपी : ठीक संख्या त सम्झन्नँ तर एक ट्रक अर्थात् मसँग बनारसमा भएजति सबै नै पठाइएको हो । त्यसको सातआठ लाख रुपियाँ जति परेको हुन पर्छ । उनीहरुको उद्देश्य पूरा भएपछि ती हतियार फिर्ता हुन्छन् भन्ने मैले सोचेको थिएँ । त्यसका अतिरिक्त उनीहरुलाई तालिम दिन मैले केही प्रशिक्षकहरुपनि पठाउनु परेको थियो । हाम्रा दुई युवाहरु चक्र र सुशील कोइराला त्यो ट्रकसँगै बंगलादेश गए । साथै, क्यान्सर रोगले हालै देहान्त भएका हाम्रा प्रशिक्षक कर्णेल राईलाई पनि मैले पठाउनुपरेको थियो तर राई फर्केर त्यहाँको स्थिति निराशाजनक भएको मलाई बताए । भारत सरकारले उद्धार नगर्ने हो भने तिनीहरु(युवा बंगलादेशी स्वतन्त्रता सेनानीहरु) सखापै हुने देखिन्थ्यो । यो प्रयास निरर्थक थियो र उनीहरु सबै मारिन सक्थे । उनीहरुसँग सामरिक महत्वको एउटै मात्र नदीको पुल उडाउन पुग्ने बिस्फोटक सम्म पनि थिएन । 

Global Ime bank

बंगलादेशको पार्वतीपुर नजीक एउटा ठूलो छाउनी थियो । पाकिस्तानी सेना रातको समयमा त्यहाँबाट निस्केर नजीकका गाउँहरुमा विध्वंश गरी बिहानपख ब्यारेकमा फर्कन्थे । त्यहाँको एउटै मात्र पुललाई स्वतन्त्रता सेनानीहरुले ध्वस्त गर्न सकेका भए सायद केही गर्न सकिन्थ्यो । उनीहरुले यसलाई ध्वस्त गर्न हातेबम प्रयोग गरे तर सफल भएनन् । ठूला हतियार नपाएसम्म यो संभव छैन भन्ने उनीहरुको भनाइ थियो । त्यसैले उनी केही हप्तापछि फर्के । 

चटर्जी : त्यसको अर्थ कर्णेल राई फर्के ? चक्रको पूरा नाम के होला ?

बीपीः चक्र बास्तोला । उनले बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति शास्त्रमा एम् ए गरेका छन् । उनी अत्यन्तै तेजस्वी युवक छन् । अर्का युवा सुधीर उपाध्याय पनि सुशील र चक्रका साथ बंगलादेश गएका थिए ।

चटर्जीः जयप्रकाशले बंगलादेशका स्वतन्त्रता सेनानीहरुलाई हातहतियार दिन तपाईंलाई भन्नु भएअनुसार तपाईंले एक ट्रक हातहतियार र आवश्यक प्रशिक्षण दिन आफ्ना केही मानिसहरु बंगलादेश पठाउनुभएको हो भन्ने कुरा यस विवरणका आधारमा जयप्रकाशबारेको मेरो अध्ययनमा के मैले समाबेश गर्न सक्छु ?

बीपीः हुन्छ, समावेश गर्न सक्नुहुन्छ । बंगलादेशको घटनापछि मैले फेरि हातहतियार जम्मा गर्न थालें । हाम्रो विचार नेपालको भित्री भागको एउटा जिल्ला कब्जा गर्ने र त्यहाँ मोर्चा खडा गरी अन्यत्र फैलिंदै जाने थियो । साथै हाम्रो मुख्यालय पनि भारतीय भूमिबाट त्यहीं सार्ने विचार थियो । त्यस निम्ति हामीले ओखलढुंगा छान्यौं र हाम्रा मानिसले त्यहाँ सेनाका केही व्यक्तिहरुसँग सम्पर्क गरे । सैनिकहरुले शुरुमा हाम्रा मानिसहरुलाई साथ दिन मानेनन् तर कुनै प्रभावकारी आक्रमण भएमा बागी शक्तिलाई मद्यत गर्ने वचन दिए । हामीले पहिले आक्रमण गरी त्यसपछि थप सैन्यबल पठाउने योजना गरेका थियौं । तदनुसार पहिलो समूह हामीले पठायौं ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०७५  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC