site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खगेन्द्र लामिछानेको ‘जय भोले’ आजबाट हलमा  
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जय भोले’ आजबाट प्रदशर्नमा आउँदैछ । दसैंको छेको पारेर आज फुलपातीका दिनबाट चलचित्र प्रदर्शनमा आउन लागेको हो । 

‘जय भोले’ देशभरका ११५ वट हलमा लाग्ने निर्देशक अशोक शर्माले जानकारी दिए । “मल्टिप्लेक्स र सिंगल थिएटर गरेर देशभरका ११५ देखि १२१ वटाहलमा जय भोले रिलिज हुँदैछ । चलचित्र दर्शकले मन पराएपछि हलको संख्या थपिनेछ,” निर्देशक शर्माले भने ।

Agni Group

कमेडि जानरामा बनेको चलचित्रले गहन विषयलाई पनि उठान गरेको भन्दै ‘जय भोले’ले दर्शकको मन जित्नेमा आँफू ढुक्क रहेको उनको भनाइ छ । 

अशोक शर्माले १२ वर्षपछि निर्देशन गरेको चलचित्रको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्र ‘जय भोले’ मा खगेन्द्रसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् । 
 
अहिले हलमा अर्को चलचित्र ‘छक्का पञ्जा–३’ प्रदर्शन भइरहेको छ । घटस्थापनाका दिन रिलिज भएको ‘छक्का पञ्जा–३’ ले उसका अघिल्ला श्रृंखालाका तुलनामा राम्रो समीक्षा पाएको  छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५  ०५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC