साहित्य
काठमाडौं । गायक भरत सिटौलाले आफ्ना स्रोता तथा दर्शकका लागि दसैंको उपहारस्वरुप नयाँ गीत लिएर आएका छन् ।
स्वर, शब्द तथा संगीत गायक स्वयम्को रहेको गीत 'आउने शाल...'ले विदेशमा रहेका नेपालीको कथा समेट्छ ।
विदेशमा रहेका नेपालीले स्वदेशमा रहेका आफ्नाआफन्तलाई सम्झिएर घर फर्किने प्रतिबद्धता गीतमा जनाइएको छ । वाध्यताबस विदेशमा रहेका नेपालीको कथालाई गीतमा उतारिएको गीत दर्शक तथा स्रोताले मन पराउनेमा आफ्नो विश्वास रहेको गायक सिटौलाले बताए ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५ ०९:४७
प्रतिक्रिया दिनुहोस्