site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
व्यास–३ मा निःशुल्क वाइफाई जडान
Ghorahi CementGhorahi Cement

दमौली । तनहुँको व्यास नगरपालिका–३ स्थित पराशर टोलमा निःशुल्क वाइफाई जडान गरिएको छ । वडा कार्यालय र वल्र्डलिङ्क कम्युनिकेशनबीच सम्झौता भई कम्पनीले पाँच वर्षका लागि पराशर टोलमा निःशुल्क रुपमा वाइफाई सेवा उपलव्ध गराएको हो । 

वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ, सदस्य रविन पौडेल, चौतारा निर्माण समितिका अध्यक्ष सुदीप काफ्ले र कम्पनीका तर्फबाट मनोज मल्लले सोमबार वाइफाईको औपचारिक शुभारम्भ गरे । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै चौतारामा विश्राम गर्ने सर्वसाधारणलाई लक्षित गरी निःशुल्क इन्टरनेट जडान गरिएको वडा सदस्य रविन पौडेलले जानकारी दिए ।  

Agni Group

एकै पटक १०० जनाले प्रति व्यक्ति दुई एमबीपीएस डाटा बराबरको इन्टरनेट प्रयोग गर्न पाउने गरी वाइफाईको व्यवस्था गरिएको वल्र्डलिङ्कका दमौली शाखा प्रमुख मनोज मल्लले बताए । लगातार एक घण्टा प्रयोगपछि भने इन्टरनेट पुन कनेक्ट गर्नुपर्नेछ । 

वल्र्डलिङ्ककै ग्राहकले भने आफ्नै युजर प्रयोग गरी लगातार प्रयोग गर्न सक्ने उनले जानकारी दिए । चौतारा निर्माण समितिको आग्रहमा वल्र्डलिङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क रुपमा वाइफाईको व्यवस्था गरेको समितिका अध्यक्ष सुदीप काफ्लेले बताए ।  

Global Ime bank

निर्माण हुन लागेको तीन सय २५ फुट लम्बाईको अपाङ्गमैत्री चौतारा सम्भवत देशकै पहिलो हुन सक्ने भन्दै अध्यक्ष काफ्लेले चौतारालाई नमूना बनाउने अभियानअन्र्तगत समितिको आग्रहमा कैलाश बैंकले बत्ती र वल्र्डलिङ्कले इन्टरनेट जडान गरिदिएको जानकारी दिए । सो क्षेत्रलाई रात्रिकालीन पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्ने दीर्घकालीन लक्ष्य वडाले लिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC