site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इन्टरनेट सुरक्षित राख्ने पर्दापछाडिका हिरोहरुको संघर्ष  
Ghorahi CementGhorahi Cement

बीबीसी । इन्टरनेटले व्याप्त युगमा अनलाइन प्रयोगकर्तामाझ सुरक्षित सामग्रीमात्र पुर्याउन निरीक्षणकर्ताहरुले दैनिक संघर्ष गरिरहेका हुन्छन् । यसरी हामी सबैलाई अनुपयुक्त भिडियो, तस्बिरलगायत असभ्य पोस्टहरुबाट टाढा राख्न उनीहरुले पर्दा पछाडि धेरै ठूलो भूमिका निर्वाह गरिरहेका छन् । 

फेसबुक कम्पनीले मात्र विश्वभर यिनै अनुपयुक्त सामग्री हटाउन ७ हजार ५ सय कामदार खटाएको छ । यसरी फेसबुक होस् या युट्युब, इन्टरनेटमा उपलब्ध सबै वेबसाइट र सेवाहरुलाई सुरक्षित राख्न छुट्टै खटाइएका यी अधिकारीहरुले आफ्नो मानसिक स्वास्थ्यलाई जोखिममा राखेर काम गरिरहेका हुन्छन् । 

Agni Group

वास्तवमा हाम्रो समाजमा इन्टरनेटको प्रभाव लगातार वृद्धि भइरहेकै कारण अनलाइन सभ्यताको विषय महत्वपूर्ण बन्न पुगेको हो । तर यसका निम्ति कामदारहरुले बाल हिंसा, मारकाट, यातना, बलात्कार, हत्या, लगायतका क्रुर र एकदमै अनैतिक दृश्यहरु हेर्नुपर्ने हुन्छ, जसले उनीहरुमा पनि उत्तिकै गम्भीर मनोवैज्ञानिक असर पुर्याइरहेको हुन्छ । त्यसकारण पनि यो कामका लागि छनौट गर्दा सो व्यक्तिबारे थुप्रै कुरामा ध्यान दिइन्छ । जस्तै– पहिले त निरीक्षणकर्ता कुनैपनि धर्म वा परम्पराप्रति रुढीवादी धारणा राख्ने किसिमको हुुनु हुँदैन किनकी दैनिक अनुचित घटनाको सामना गर्नु उनीहरुका लागि पटक्कै सहज हुनेछैन । त्यसैगरी राम्रो नराम्रो छुट्याउन सक्ने भरपर्दो र अनुभवी हुन पनि उत्तिकै जरुरी छ । जस्तै– एक आमाभन्दा कलेज पढ्ने विद्यार्थी बढी योग्य मानिन्छ, जो भावनात्मक रुपमा बलियो हुन सक्छ ।  

यसरी दिमाग खलबलाउने सामग्री हेर्न लगाइरहँदा सबै कम्पनीहरुले तिनलाई स्वास्थ्य सेवा सुनिश्चित गराएका हुन्छन् तरपनि आफ्नो कामदाताका अगाडि कमजोर र अयोग्य ठहरिने डरले अधिकांश कर्मचारीहरु स्वास्थ्य सुविधा लिनबाट पछि हटी एक्लै तनावको शिकार हुने गरेका छन् । यस्तोमा यो कामलाई सहज बनाउन अहिलेसम्म कुनै अनुसन्धान र अध्ययन नभएको उनीहरुको गुनासो छ । 

Global Ime bank

विशेषगरी पहिलोपटक काममा लगाउँदा कर्मचारीलाई कुन किसिमका सामग्री प्रतिबन्धित गर्नुपर्छ भन्ने सिकाउन सबैभन्दा चुनौतीपूर्ण हुने गरेको बताइएको छ ।

कतिपयले पहिलो दिनमै मानिसको टाउको काटिएको भिडियो हेर्नुपर्ने हुँदा तनावमा आउनु स्वभाविक कुरा हो । यस्तोमा प्रशिक्षकहरुले उनीहरुलाई सकारात्मक र सुरक्षित वातावरणमा राखेर काम गर्न लगाउँछन् भने कतिपयले चाहिँ ‘रोऊ तर मेरो डेस्कमा उल्टी नगर’ भन्ने गरेको कामदार बताउँछन् । ‘माइ स्पेस’ का लागि तीन वर्ष काम गरेकी निरीक्षणकर्ता रोज बोडेन भने आफूले अति संवेदनशील सामग्री हेर्नुपर्दा आँखा धमिलो पार्ने गरेको बताउँछिन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५  १०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC