site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दसैं
Sarbottam CementSarbottam Cement

दसैं आयो । घर–घरमा जमरा राखे । ठाउँ–ठाउँमा पिङ हाले । रमाउँदै केटाकेटीहरु भन्न थाले–

दसैं आयो
खाउँला पिउँला
कहाँबाट ल्याउँला
हट्ट पापी म त कहिँ दिउँला ।

सन्तोषको भने घर लितपोत गर्ने काम पनि भएको थिएन । किनभने सन्तोषका बा परदेश गएका थिए । आमा बिरामी थिइन् । घरमा पैसा थिएन । केही बेचौं भने पनि बेच्ने कुरा थिएन । पैसा नभई केही कुरा आउँदैन । केही कुरा पनि नभएपछि दसैं मनाउन पाइँदैन । सन्तोष केटाकेटी छ । ज्यालाबनी गर्न जान पनि सक्दैन । साथीभाइहरु सन्तोषलाई बोलाउन आउँछन् । खेल्न जाऊँ भन्छन् । सन्तोष खेल्न पनि जाँदैन । कहिले यता हेर्छ, कहिले उता हेर्छ । कहिले घोरिरहन्छ । कहिले आँसु बगाउँछ र दौराको फेरले आँसु पुछ्न थाल्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ऊ रोएको देखेपछि आमालाई पनि रोउँ रोउँ लाग्छ । सन्तोष आमालाई हेर्छ । आमा सन्तोषलाई हेर्छिन् । उसको कपाल सुमसुम्याउँछिन् । सन्तोष झन् रुन थाल्छ । उसको मनमा धेरै कुरा खेल्न थाल्छन् । आफ्नो मनको पिर शब्दमा व्यक्त गर्न सक्दैन । ऊ आमालाई सोध्न लाग्छ–

“आमा हाम्रो दसैं कहिले आउँछ ?” आमा पनि भन्न खोज्छिन्– “केही कमाउन भनी बाहिर गएका तेरा बा केही कमाई गरी जहिले घर आउँछन् ।”

Global Ime bank

यस्तै प्रकारले आमा–छोरा दुवै चिन्तित छन् । व्यथित छन् । उनीहरुलाई कुन दसैं कुन तिहार सधैं तेस्तै नरमाइलो छ । अनि सन्तोष कसरी साथीहरुसँग खेल्न जानसक्छ ? न यस्ता कुरा भन्न नै उचित ठान्छ ।

समय यसरी नै बितेर गइरहेको हुन्छ । यस्तैमा एकदिन हुलाकीले एउटा चिठी सन्तोषको आमालाई दिन्छ । उनले पढ्न जानेकी छैनन् । त्यसैले त्यो चिठी सन्तोषलाई दिँदै आमा भन्छिन्– “नानी सन्तोष, यो चिठी तिम्रै बाले पठाउनुभएको हुनुपर्छ । खोलेर हेर, के लेख्नुभएको रहेछ ?”

सन्तोषले चिठी खोल्यो र आमालाई पनि सुनाउँदै भन्यो– “मेरो प्यारो सन्तोषकी आमा सुन्तली ! मलाई यता सन्चै छ । त्यता तिमी र छोरा सन्तोषको सुस्वास्थको कामना गर्दछु । गएको दसैंमा आउन नसके पनि यो दसैंमा टीकाको दिनसम्ममा जसरी भए पनि घर आउँछु । अनि हाँसीखुशी टीका लाउँला, दसैं मनाउँला । पीर नगर्नू । सन्तोषलाई पनि यो कुरा सुनाउनू । तिम्रो माया गर्ने पति सुन्दरनाथ परदेशी ।” 

आमा मुसुक्क हाँसिन् । अनि खुशी हुँदै सन्तोष पनि खेल्न गयो र साथीभाइसँग भन्न थाल्यो–

दसैं आयो
खाउँला पिउँला
कमाई गरी ल्याउँला
बनाई तुल्याई गरौंला
बाँडीचुँडी खाउँला ।

साभार : सुनकेस्रा बाल पत्रिका, मासिक वर्ष १० पूर्णांक ४५, २०५६ मंसिर (हातेमालो  संचार)
(बाह्रखरी डटकम अनलाइन पत्रिका तथा हातेमालो संचार काठमाडौंको सहकार्यमा प्रस्तुत बाल सामग्री)

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC