काठमाडौं । बच्चादेखि वृद्धवृद्धाको मुुहारमा खुुसी ल्याउने र घरबाट टाढा भएका सदस्यलाई एकै ठाउँमा जम्मा हुने अवसर जुराउने पर्व हो– दसैं । पछिल्लो समय विदेशिने नेपालीको संख्या बढ्दो छ । दसैं मनाउन घर फर्किनेको संख्या पनि उत्तिकै छ । गाउँमा पिङ हाल्ने र खेल्ने समय पनि हो यो । गाउँभरिका युवा मिलेर विभिन्न प्रतियोगिता आयोजना गर्दै रमाइलो गर्ने चाड हो दसैं ।
दसैंको दिनभन्दा एक महिना अगाडिदेखि नै बच्चालाई रमाइलो लाग्छ । बच्चाबेलामा दसैं आउनु अगाडि नै बढी उत्साहित हुन्थ्यौं । नयाँ लुुगा लगाउने, अरुको घरघरमा टीका लगाउन जाने, कुुन घरमा टीका लगाउन जाँदा कति दिन्छन् र आज दिनभरमा कति पैसा होला भन्ने अगाडि नै अनुमान लगाउँथ्यौं । टीका लगाउन जाँदा त घर हेरेर पनि जान्थ्यौं । ठूलो घर भए बढी दक्षिणा आउने आशा हुुन्थ्यो । अझ भनौं, लाहुुरेहरुको घरमा अलि बढी दक्षिणा आउने आशा हुुन्थ्यो । ती घरमा टीका लगाउन जाँदा पनि लाइन नै हुन्थ्यो ।
दसैंमा पिङ खेल्नु वा चङ्गा उडाउनुु एक बालकका लागि रहर नै हो । पिङ खेल्नेकुरामा मेरो छुट्टै अनुुभव छ । पिङमा लट्ठे पिङ रमाइलो लाग्थ्यो । तर, पिर्के पिङ खेल्दा आङै सिरिङ्ग हुुने भएकाले खासै खेल्दिनथिएँ । विस्तारै खेल्यो भने खेल्थें । तर, जोरले मच्चाएर खेल्दा डर लाग्थ्यो ।
स्याङ्जामा हुर्किएको हो म । दसैंमा झण्डापूर्जा खेल्थें । म त्यति धेरै रुपैयाँको त बाजी राख्दिनथें । बढीमा पाँच रुपैयाँको राख्थे । हार्यो कि उठ्यो । उमेर बढ्दै जाँदा चाडपर्वको रमाइलो विस्तारै हराउँदै जाने रहेछ । सानो छँदाको जस्तो रुची नलाग्ने र अहिलेको अवस्थामा त झनै धेरै कुुरा परिवर्तन भइसक्यो । दसैंको रमाइलो बच्चा बेलामा मात्रै हो जस्तो लाग्छ उनलाई । अहिले सबै आ—आफ्नै काममा व्यस्त हुुन्छन् । समय मिलाउनै गाह्रो अनि अहिले परिवारसँग बसेर दाल र भातमात्रै खाँदापनि रमाइलो हुँदो रहेछ । जसरी भएपनि परिवारसँग बस्नमात्रै पाए पनि रमाइलो लाग्छ ।
तासको भने व्यक्तिगत अनुुभव कम छ मेरो । अहिलेसम्म दसैंंको समयमा घरमा तास खेलेको अनुुभव छैन । ठूलामान्छेले तास खेल्थे । मेरा दाइहरु खेल्नुहुन्थ्यो । उहाँहरु खेल्ने ठाउँपनि कस्तो हुुन्थ्यो भने स्कुलको पछाडि वा पहाडको मुुनि लुुकेर खेल्नुहुन्थ्यो । त्यहाँ खेल्दैछन् भन्ने थाहा पाएपछि हेर्न जाँदा हामीलाई लखेट्थे दाइले । देखिसकेपछि दाइले लखेटेपनि घर र स्कुलमा नभन है भन्दै सम्झाउँथे । अहिले पनि तासमा कहिलै जित्दिन र हार्यो भने भाग्छु । धेरै हार्न पनि डर लाग्छ ।
त्यसो त राष्ट्रिय फूटबल टोलीमा हुँदा केही दसैं—तिहार विदेशमा पनि मनाएको छु । त्यतिबेला घरबाट फोन आउँदा मलाई मिस गरेरै फोन गरेको हो जस्तो लाग्थ्यो । तर, राष्ट्रिय टोलीका सबैजना एकै ठाउँमा बसेर दसैं मनाउने गथ्र्यौं ।
पिङको मामिलामा पनि अनुुभव निकै नमिठो छ मेरो । १३—१४ वर्षको हुँदो हुँ । मेरो घरको पिँढीबाट साथी र म भएर उडाएको चङ्गा परको डाडाँसम्मै पुुग्यो । त्यतिबेला हामीले पहिलो डोरी सकेर दोस्रो डोरी जोडिसकेका थियौं । चङ्गा उड्दै गर्दा डोरी लत्रिएपछि डाँडाको रुखमा अल्झियो । पछि १ घण्टाजति हिँडेर रुखमा अट्किएको चङ्गा निकालेर ल्यायौं । तर, सबै डोरी ल्याउन भने सकेनौं । गएको वर्षपनि चङ्गा लिएर स्थानीय भाइबहिनीसँग डाँडामा गएर रमाइलो गर्यौं । त्यतिखेर पनि उडाएको चङ्गा निकै टाढा पुुग्यो । मलाई चङ्गामा झोक हाल्न आउँछ । त्यसैले पनि चङ्गा राम्रो उड्छन् । त्यो पनि रुखमा अल्झियो, ल्याउन भने गएनौं । यो वर्षपनि त्यस्तै गर्ने सोच छ ।
एकपटक लट्ठे पिङ खेलिरहँदा एक जना साथीले एकातिरको लट्ठा तान्दा खुट्टा लत्रिएको अमिलो सम्झना पनि छ ।
दसैंमा आमाले बनाएको सेल रोटी खुुबै मन पर्छ भने दसैंका लागि ल्याउने च्याङ्ग्राको पनि याद छ । गएको वर्ष पहिलो पटक दसैंका लागि च्याङ्ग्रा किन्न गएको थिएँ आफैं । पोखराको टुुँडिखेलमा राखिएको च्याङ्ग्रा किन्न मामा र दाइसँग गएको थिएँ । लिन जाँदा चिन्छ भनेर मास्क, हुुट र चस्मा लगाएर गएँ । च्याङ्ग्रालाई हुुलबाट ल्याउन निकै अप्ठ्यारो भयो । च्याङ्ग्रा आफ्नो साथीलाई छाडेर जान नमानेको देख्दा माया लागेर आयो ।
(बाह्रखरीका सन्तोष पाण्डेसँगको कुराकानीमा आधारित)