site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जापानी प्रधानमन्त्री आबे युरोप प्रस्थान
Sarbottam CementSarbottam Cement

टोकियो । जापानी प्रधानमन्त्री सिन्जो आबे युरोपको पाँच दिने भ्रमणका लागि मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।  उनी स्पेन, फ्रान्स र बेल्जियम पुग्नेछन् । प्रधानमन्त्री आबेले यसै भ्रमणकै क्रममा बेल्जियममा आयोजना हुन लागेको एसिया¬ युरोप बैठकमा पनि सहभागी हुनेछन् ।  

भ्रमणका लागि स्पेन लाग्नुअघि प्रधानमन्त्री आबेले यस क्रममा एसियाली र विश्वकै अर्थतन्त्रका विविध पक्षहरुमा द्धिपक्षीय र बहुपक्षीय बैठकहरुमा कुराकानी हुने जानकारी दिएका थिए । 

प्रधानमन्त्री आबे यस भ्रमणको क्रममा पहिला स्पेन पुग्ने कार्यक्रम छ । त्यहाँ उनले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गर्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी उनले स्पेनका राजा फिलिप छैठौँसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जापानी विदेश मन्त्रालयले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । 

फ्रान्समा उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँग औपचारिक तथा द्धिपक्षीय भेट गर्नेछन् । भेटका क्रममा जापान र फ्रान्ससम्बन्धी व्यापारिक विभिन्न विषयमा पनि कुराकानी हुने जनाइएको छ । 

Global Ime bank

भेटका क्रममा जापान फ्रान्स व्यापारिक सम्झौता हुने पनि जनाइएको छ ।त्यस क्रममा जापान युरोपियन युनियन स्वतन्त्रता व्यापार सम्झौताका बारेमा पनि उनीहरुबीच कुराकानी हुनेछ । 

प्रधानमन्त्री आबे बिहीबार बेल्जियमको राजधानी ब्रसेल्स पुग्नेछन् । ब्रसेल्समा आयोजना हुने दुई दिने एसिया युरोप बैठकमा उनी सहभागी हुने कार्यक्रम रहेको पनि उनको भ्रमणसम्बन्धी तालिकामा जनाइएको छ । 

यस बैठकमा एसिया र युरोपका नेताहरुको सहभागिता रहने बताइएको छ । त्यहाँ सहभागी विभिन्न देशका नेताहरुसँग पनि उनले द्धिपक्षीय वार्ताहरु गर्नेछन् ।  

यस वर्षको उक्त एसिया युरोप बैठकमा विभिन्न एजेण्डाहरु रहेका छन् । तीमध्येका यस पटकको बैठकका प्रमुख एजेण्डामा साइबर सुरक्षा, महिलाको सशक्तिकरण र जलवायु परिवर्तन र यसको असरबाट बच्नसक्ने उपायहरु रहेका छन् । 

उक्त सम्मेलन आगामी बिहीबार र शुक्रबारका लागि आयोजना गरिएको छ । प्रधानमन्त्री आबे उक्त बैठक समापनपछि शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । रासस÷सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC