site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आँधीले पुर्याएको क्षतिबाट महासचिव गुटरेस दुःखी
Sarbottam CementSarbottam Cement

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले भारतमा आँधीबाट भएको जनधनप्रति दुःख व्यक्त गरेका छन् ।  भारतीय राज्य उडिसा र त्यसको छिमेकी आन्ध्रप्रदेशमा गएको बिहीबार आएको आँधीबाट कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । 

टिट्ली नामको सो आँधीका कारण भएका मानवीय तथा भौतिक सम्पत्तिको क्षतिप्रति उनले मङ्गलबार एक विज्ञप्तिमार्फत दुःख व्यक्त गरेका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

महासचिव गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा सो आँधीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसबाट पर्न गएको पीडाप्रति भारतीय सरकारमार्फत भारतीय नागरिकप्रति समवेदना पनि प्रकट गरेका छन् । 
 
उक्त आँधीका कारण भारतमा ठूलो भौतिक क्षति हुनका साथै यसबाट दशौँ लाख नागरिक पनि प्रभावित भएका छन् । 
सो आँधीबाट उडिसाका विशेषगरी गन्जाम, गजापति र रायगडा जिल्लामा ठूलो असर परेको छ । त्यहाँका दशौँलाख नागरिक प्रभावित भएका र कतिपय विस्थापित पनि हुन पुगेका छन् । 

आँधीका कारण बाटोघाटो र पूर्वाधारहरु भत्किएका छन् । बिजुली र टेलिफोनजस्ता सुविधाबाट नागरिक वञ्चित हुन पुगेका उडिसाका सरकारी अधिकारीहरुले बताएका छन् । रासस/सिन्ह्वा
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC