साहित्य
काठमाडौं । र्यापर आशिष राना (लाउरे) चलचित्रमा अभिनय गर्ने भएका छन् । चलचित्र ‘लाहुरेको र्याप’ नामक चलचित्रमा उनले अभिनय गर्न लागेका हुन् । यसअघि उनले चलचित्र ‘ताण्डव’मा अभिनय गरेका थिए ।
‘लाहुरेको र्याप’ लाई पासाङ योन्जनले निर्देशन गर्ने छन् । कथा निर्देशक स्वयम्ले लेखेका हुन् । चलचित्रको स्टोरी लाइन नखुलाइए पनि स्टोरी लाहुरे माथि नै केन्द्रित हुने बताइएको छ ।
चलचित्रलाई दावा शेर्पाले निर्माण गर्नेछन् ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५ १७:०८
प्रतिक्रिया दिनुहोस्