site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सुरक्षा संवेदनशील विषय भएकाले प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कानून निर्माण गर्नुपर्ने बताएका छन् ।  

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले परराष्ट्र, अर्थ र सुरक्षाजस्ता विषयमा प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्नु नै राम्रो हुने प्रष्ट पारे ।  पूर्वउपप्रधानमन्त्री गच्छदारले प्रदेशको आन्तरिक सुरक्षाका लागि कानूनसम्मत ढङ्गले प्रदेश सरकार अगाडि बढ्नुुपर्नेमा जोड दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस विजयी भएको स्थानीय निकायमा सङ्घीय सरकारले बजेट कटौती गरी भेदभाव गरेको आरोप लगाउँदै उनले यसबाट स्थानीय सरकारले स्वायत्त तथा आत्मनिर्भर भएर जनताको विकासको चाहना पूरा गर्न नसकेको धारणा व्यक्त गरे ।  

उनले भारतसँगको थप चार हवाई मार्ग प्राप्त गर्ने सहमति कार्यान्वयन हुन नसकेमा सरकारको असफलता हुने बताए ।  रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५  २१:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC