site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारतको सम्बन्ध प्रगाढ भएको बताएका छन् ।  

भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षणका क्रममा मङ्गलबार भारतको जयनगर पुगेका मन्त्री महासेठले नेपाल र भारतका सञ्चारकर्मीसँगको भेटमा भने, “नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको दुवै सरकारबीचको सम्बन्ध सुमधुर छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले नेपाल–भारतबीचको सम्बन्ध कूटनीतिकभन्दा पनि रोटीबेटीको सम्बन्ध भएको र हालका दिनमा अझ सुमधुर भएको बताउँदै भने, “भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कुर्था–बर्दिवास रेल यसको उदाहरण हो ।” 

मन्त्री महासेठले यसका अतिरिक्त भारत सरकारको सहयोगमा निजगढ–काठमाडौँ रेलमार्गसँगै हुलाकी राजमार्गलगायतका अनेकौँ योजनामा काम भइरहेको बताए । मन्त्री महासेठले जयनगर–जनकपुर–कुर्थासम्म डिसेम्बरसम्म निर्माण सम्पन्न भई सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।  

Global Ime bank

मन्त्री महासेठसँगै रेल विभागका डीजी बलराम मिश्र, भारतीय निर्माण कम्पनी एरकोनका प्रमुख रवि सहाय, धनुषाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकसहितको टोली रेलमार्गबाट जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको यात्रासमेत गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  ०८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC