site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बिहारबाट काठमाडौं छिरे ‘प्रोफेसनल’ चोर ! कुकर बनाउनेदेखि कपडा बेच्ने बहानामा घर छिर्दै
Ghorahi CementGhorahi Cement

काठमाडौं । तपाईंको घरमा कोही भाडाकुँडा अर्थात कुकर बनाउनु छ भन्दै आइरहेका छन् ? अनि कपडा, सुट बेच्ने, पानीको धारा बनाउने बाहनामा पो कोही अपरिचित आइरहेका छ्न की !  यदि आइरहेका छन् भने विचार गर्नुहोस् । ती तपाईंकोे घर लुट्न आएका चोरहरु पनि हुनसक्छन् । 

दसैं तिहारको समयमा काठमाडौंमा चोरहरुले चोरी गर्ने नयाँ–नयाँ शैली अपनाएका छन् । भाडाकुँडा बनाउने, कपडा बेच्ने बहानामा घरको निगरानी गर्ने र अनुकुल पारेर चोरी गर्ने चोरहरुको नयाँ शैली हो । उपत्यकामा अधिकाशं घरमा डेरा गर्नेहरु दसैंंको समयमा पर्व मान्न घर गएका छन् । यस्तो बेला चोरी हुने सम्भावना अत्याधिक रहन्छ । महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामा आफ्नो घरलाई सुरक्षित राख्न सुझाव दिन्छन् । लामाका अनुसार पछिल्लो ५ दिनमा १२५ चोर काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् । लामाले भने, ‘‘चाडपर्वको समयमा चोरीको सम्भावना बढी रहन्छ । तर प्रहरी टोलटोलमा सक्रिय भएको छ । यस्तोमा घरभेटीदेखि कोठा छाडेर घर जानेहरुले सतकर्ता अपनाउनु आवश्यक हुन्छ ।’’ लामा डेरा छाडेर जाने कयौंले प्रहरीले खबर गरेर गएकाले उनीहरुले घर÷कोठाको निगरानी प्रहरीले गरिरहेको पनि बताए । चाडपर्वको समयमा चोरी नै मुख्य चुनौती भएको लामाको भनाइ छ । ‘‘कतिपय चोरहरुलाई त हामीले रंगेहात नै समातेका छौं । रातको समयभन्दा दिउँसो नै चोरी बढी भएका छन् । सिभिल प्रहरीको सक्रियताले चोरहरुमाथी हावी भएका छौं,’’ एसएसपी लामाले भने । 

Agni Group

काठमाडौंमा ३ हजार ७ सय प्रहरी परिचालन गरिएको बताउँदै लामाले भने,‘‘घर खाली गरेर जानेहरुले पनि सुरक्षाका लागि विभिन्न डिभााइस प्रयोग गर्न सक्छन् । घरमा कोही नभएकाले छिमेकीलाई पनि खबर गरौं । त्यस्तो अवस्थामा छिमेकीले पनि नयाँ मान्छे आए निगरानी गर्छन् ।’’ लामाले प्रविधिसहित प्रहरी सक्रिय भएकाले नागरिकलाई चनाखो भएर चाडपर्व मान्न सुझाए । काठमाडौंमा यसअघि नै राति ९ बजेपछि मदिरा बिक्रीमा रोक लगाइएकाले त्यसको प्रभावकारी कार्यान्वयन भइरहेको लामाले बताए । 

लामाका अनुसार राजधानीको न्युरोड, ठमेल, नयाँ बानेश्वर, गौशाला, नयाँ बस पार्कलगायत क्षेत्रमा चोरी तथा पाकेटमारहरु बढी सक्रिय रहेको पाइएको छ । केही पकेटमारहरु सार्वजनिक यातायतमा पनि सक्रिय छन् । लामाका अनुसार पक्राउ परेकाहरुमध्ये केही व्यावसायिक चोर छन् । 
बिहारबाट छिरे ‘प्रोफेसनल’ चोर !

Global Ime bank

एसएसपी लामाका अनुसार भारतको बिहारबाट पनि चोरहरु दसैंंको समयमा काठमाडौं छिर्ने गरेका छन् । काठमाडौं प्रहरीले २ युवतीसहित १२ जना भारतीय चोरलाई पक्राउ गरेको छ । लामाले भने,‘‘उनीहरु सबै प्रोफेसन चोर हुन् । चाडपर्वको बेला आउने चोर्ने र भारत फर्किने उनीहरुको योजना हुन्छ ।’’

लामाका अनुसार नेपाली चोरको तुलनामा भारतीय चोरको लुटपाटको शैली भने फरक हुन्छ । उनीहरु संगठित रुपमा चोरीमा सक्रिय हुन्छन् । प्रत्येकको छुट्टाछुट्टै भूमिका हुन्छ । कतिपय चोरले कपडा बेच्ने बहानामा घर हेर्छन् भने कतिपयले कुकर बनाउने नाममा । अनुकुल परे वा घरमा कोही नभएको पाइए उनीहरुले त्यतीबेलै पनि चोरी गर्ने सम्भावना रहन्छ । अनुकुल नभए उनीहरुले चोर्न सकिने घरको अवस्थाको बारेमा आफ्नो समूहमा जानकारी गराउँछन् र थप योजना बनाएर चोरी गर्छन् । फोहर उठाउने, जोगीको भेसमा भारतीय चोरहरु सक्रिय हुने गरेका छन् । 

‘‘भारतीय चोरहरुले होटलमा कोठा लिएर बसेको पाइयो । उनीहरु हेर्दा चोरजस्तो लाग्दैनन् तर चलाख हुन्छ । कसैमाथी शंका लागे तत्काल प्रहरीलाई सम्र्पक गर्नुहोला,’’ एसएसपी लामाले भने । लामाका अनुसार १ सय ५० भन्दा बढी सिभिल पोशाकमा प्रहरी परिचालन गरिएको छ । काठमाडौंमा २५० देखि ३ सय पकेटमार÷चोर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC