आउ न आउ हे मेरो साथी
आकाशमा हेर चङ्गाका ताँती
ती चङ्गा भन्दा मेरो नै जाती
उड्दछ यो त सबैभन्दा माथि ।
सधैं नै उड्छ बतासैसरि
सपना बोकी ह्दयभरि
असफल हुँदा साहस मर्दैन
अरुको झर्लां मेरो झर्दैन ।
चङ्गा त मेरो भैसक्यो साथि
खेल्दछु म त यहिसँग नाचि
बिहानी आउँछ हट्दछ राती
उड्छन् चङ्गा मेरा आकाश माथि माथि ।
दसैं
सञ्जोग ठकुरी
कुरीतिहरु हटाएर आएको दसैं
दैवी शक्तिद्वारा बनाइएको दसैं
दानवलाइ मारी आएको दसैं
सुख–शान्तिका लागि मनाइने दसैं
चङ्गाहरु उडाउँदै नयाँ नाना लगाउदै
हामी सबै मनाउँछौ दसैं रमाउदै
रातो टिका निधारमा, पिङमा मच्ची
राम, हरि, उमेश भन्छन्– रमाइलो हुन्छ साथी ।
(साभारः सुनकेस्रा बाल पत्रिका, मासिक वर्ष २ अंक ३, २०६०, असोज)
(बाह्रखरी डटकम अनलाइन पत्रिका तथा हातेमालो संचार काठमाडौंको सहकार्यमा प्रस्तुत बाल सामग्री)