site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘छक्का पञ्जा’सँग डर छैन ‘जय भोले’लाई
Ghorahi CementGhorahi Cement

नेपाली चलचित्र उद्योगका लागि अशोक शर्मा परिचित नाम हो । निर्देशक तथा कलाकारको रुपमा उनलाई चिनिन्छ । थुप्रै चलचित्र निर्देशन गरिसकेका उनी नेपाली सिने जगतमा  डिजिटल प्रविधि भित्र्याउने अभियन्तामध्येका एक हुन् । डिजिटल सिनेमा नेटवर्क (डीसीएन) मार्फत् अशोकले नेपालमा डिजिटल प्रविधि भित्र्यााए । फलतः आज नेपाली चलचित्र डिजिटल प्रविधिमै बन्छन्, वितरण हुन्छन् र प्रदर्शन हुन्छन् । पश्चिमा राष्ट्रबाट शुरु भएको यो प्रविधि भित्र्याउन लागिपरेपछि उनी १२ वर्ष निर्देशनबाट अलग रहे । भलै अशोक चलचित्र नगरीबाटै भने टाढिएका थिएनन् । आफ्नो नाशानशामा चलचित्र बग्ने बताउने अशोक अहिले ‘जय भोले’ मार्फत् निर्देशनमा कमब्याक गरेका छन् । उनको यो नयाँ चलचित्रसँगै समग्र नेपाली चलचित्र उद्योगका विषयमा केन्द्रित रहेर अशोकसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः

बाह्र वर्षपछि खोलो पनि फर्किन्छ भन्ने उखानलाई चरितार्थ गर्दै निर्देशनमा फर्किनु भएको छ, कस्तो लागिरहेको छ ? 
कुनै नौलो कुरा गरिरहे जस्तो लागेको छैन । पहिला पनि गरेको काम नै त हो, निर्देशन र अभिनय । 

बाह्र वर्ष अगाडि सेलुलाइडमा हुनुुहुन्थ्यो अहिले डिजिटल प्रविधिमा चलचित्र बन्छन् । केही फरक त पक्कै होला ।
प्रविधिमा परिवर्तन आएको छ । स्टोरी त्यही हो तर त्यसको टेलिङ फरक छ । प्रस्तुतिमा पनि फरकपन छ । अर्को कुरा पहिला कलाकारले नाटकीय अभिनय गर्थे अहिले रियालिष्टिक छ । 

Agni Group

यो परिवर्तनले तपार्ईलाई अलमलमा त पारेको छैन ?
चलचित्र उद्योगमा आएको यो परिवर्तनलाई मैले नजिकबाट हेरिरहेको थिएँ । डीसीएन नेपालमा डिजिटल प्रविधि भित्र्याउने कम्पनी हो । यो हाम्रै कम्पनी भएकाले प्रविधि बुझ्न गाह्रो भएन । रह्यो चलचित्रको कथा र प्रस्तुतिको कुरा, यसलाई मैले नजिकबाट नियालिरहेको थिएँ । त्यसैले ठूलो अन्तर केही पनि छैन । 

बाह्र वर्षको ‘ग्याप’ केका लागि थियो ?
म यसलाई ग्याप भन्दिन । फुर्सद भइन भन्छु । दुई वर्ष म नेपाल टेलिभिजनबाट प्रशारण भएको रियालिष्टक टेलिचलचित्र ‘अपराध’ मा व्यस्त भएँ, जुन मैले बनाएको थिएँ । अर्को कुरा नेपालमा डिजिटल प्रविधि भित्र्यााउन समय खर्चिएँ । यसलाई स्थापित गराउन सजिलो थिएन । नेपालमा नयाँ कुरालाई चाँडै स्वीकार गर्ने चलन छैन । खोट मात्रै देखाउने परम्परा छ । त्यसैले पनि निकै मेहनत गर्नुपर्यो । अहिले डिजिटलमै सिनेमा बन्छ । डिजिटलमै वितरण हुन्छ र डिजिटलमै प्रदर्शन हुन्छ ।  अब डीसीएन मेरा स्टाफले चलाउन सक्छन्, मैले निर्देशन दिएमात्रै पुग्छ । मेरो चाहना त चलचित्र निर्देशन र अभिनय नै हो । यो मेरो जन्मजात रगतमै बगेको छ । त्यसैले यो कर्मलाई मैले निरन्तरता दिनुपर्छ । 

Global Ime bank

\"\"कथा पुरानै उठान गर्न सकिएला तर १२ वर्षपछिका दर्शकको रुची बुझ्न त सजिलो छैन होला नि !
अहिले कस्ता चलचित्र बनिरहेका छन् । कस्तो कथामा दर्शक रमाइरहेका छन् भन्ने मैले हेरिरहेको थिएँ । 

हेरेर मूल्यांकन गर्नु र त्यसलाई आफै सेटमा उत्रिएर निर्माण गर्नु त फरक कुरा हैन र ?
कथा हजार वर्षदेखि एउटै हुन्छ । हरेकको कथा हुन्छ । वर्षौ अगाडि प्रकाशित कृतिमा पनि चलचित्र बनिरहेका हुन्छन् । कथा कहिल्यै पुरानो हुँदैन, त्यसलाई प्रस्तुत गर्ने शैली पुरानो हुनसक्छ । शैली नयाँ भित्रिन सक्छ । अहिलेसम्म आउँदा चलचित्रको कथामा म तात्विक भिन्नता देख्दिन । 

तपाईंले निर्देशन गरेको ‘जय भोले’ मा कस्तो कथा उठान गर्नुभएको छ ?
खगेन्द्र लामिछानेले लेखेको कथामा केही न केही कथा हुन्छ । त्यसैले यसमा पनि छ । मैले यो कथा छ भनेँ भने हेर्नलाई मजा आउँदैन, त्यसैले कथा डिस्क्लोज गर्दिन । ह्युमरस फिल्म हो, कमेडी फिल्म हो । दर्शकले इन्टरटेन गर्नुहुन्छ तर इन्टरटेनमात्रै चाहिँ गर्नुहुन्न । हाँसेर मात्रै दर्शक फर्किनु हुन्न । कथा पनि छ । 

चारवटा पुस्तालाई एउटै सेटमा उतार्नुको कारण चलचित्र बलियो होस् भन्ने हो कि सबै पुस्ताका दर्शक तान्ने उदेश्य हो ?
चलचित्र मेकिङका बेला सबैभन्दा रमाइलो पक्ष नै यही थियो । केही फरक देखिन्थ्यो तर काम गर्न सहज नै थियो । रह्यो काम गर्ने तौरतरिकाको कुरा, निर्देशकले कसरी निर्देशन गरिरहेको छ भन्ने कुराले यसमा अर्थ राख्छ । हामीले वर्तमानमा अहिलेकै लागि चलचित्र बनाइरहेका छौं भन्ने सबैलाई थाहा थियो त्यसैले कथा र समय अनुसार सबै ढल्नुपर्छ भन्ने थियो । र, त्यस्तै भयो पनि । 

पुरानो पुस्ता र नयाँ पुस्तालाई फ्युजन गर्न खोज्दा त्यसको संक्रमण पर्दामा देखिने सम्भावना उच्च रहँदैन ?
देखिएको छैन । किन छैन भने पुरानो पुस्ताका भनिएका कलाकारले आफूलाई नयाँ पुस्ताको काम गर्ने शैलीमा रुपान्तरण भएसक्नु भएको छ । उहाँहरु अहिलेका चलचित्र र टेलिचलचित्रमा खेलिरहनु भएको छ । त्यसैले नयाँ शैली र प्रस्तुतिसँग परिचित मात्रै होइन युज टु नै भइसक्नुभएको छ ।  

\"\"अहिले ‘छक्का पञ्जा’ चलिरहेको छ । त्यही जानराको चलचित्र लिएर तपाईं आउनु भयो । बक्स अफिसमा यसको प्रभाव त पर्ला नि !
हामीले सामान्यतः हप्तामा ३–४ वटा चलचित्र रिलिज गरिरहेका हुन्छौं । त्यसमा पनि अहिले फेष्टिवल मुड छ । विदा छ । र अर्को कुरा ‘छक्का पञ्जा’ हामीभन्दा एक हप्ता पहिला नै रिलिज भएको हो । ‘छक्का पञ्जा’ हेर्ने धेरै दर्शकले त्यो चलचित्र हेरिसक्नु भयो । एकै दिन आएको भए पहिलो र दोस्रो दिनको व्यापारमा असर गथ्र्यो । सँगै आएका चलचित्रमध्ये एउटा कमजोर भएको खण्डमा त्यसलाई व्यापारमा असर गर्छ तर दुइटै चलचित्र एउटै स्तरको छ भने दर्शकले दुइटै चलचित्र हेर्छन् । 

‘छक्का पञ्जा’ अघिल्ला सिरिजहरुले १०१ दिन मनाएका थिए । त्यसको असर देखिँदैन ‘जय भोले’ मा ?
इनिसियल व्यापारपछि चलचित्रको एक प्रकारको कलेक्सन हुन्छ । औषत व्यापार गरिरहन्छन् । चलचित्र १०१ अथवा ५१ दिन मनाए पनि त्यो चलचित्र चलिरहेका बेला अरु पनि चलचित्र रिलिज भइरहेका हुन्छन् र छन् पनि । त्यसैले राम्रो चलपिचत्र बनेको खण्डमा मलाई केही फरक पर्छ जस्तो लाग्दैन । 

बर्सेनी ९५ प्रतिशत चलचित्र फ्लप भइरहेका छन् । १२ वर्षमा फर्किनु भएको छ त्यसमा पनि ठूलो ब्यानरको सफल सिरिजको चलचित्रसँग प्रतिस्पर्धा गरिरहनुभएको छ, कत्तिको डर लाग्दोरहेछ ?
डर र आत्मविश्वास कमजोर छैन मलाई । शुरुमा त हामी एकै दिन रिलिज हुने कुरा थियो । पछि दीपकराज गिरी र म बसेर एक हप्ता अगाडि पछाडि गर्यो भने विजनेशमा खासै असर गर्दैन भनेर सहमति गरेको हो । 
अर्को कुरा चाडपर्वमा दुई तीनवटा चलचित्र जहिल्यै पनि लाग्छन्, त्यसैले चिन्तित हुनुपर्ने अवस्था छैन । ‘छक्का पञ्जा’ आइसकेको अवस्थामा पछि रिलिज भएको ‘जय भोले’ पो राम्रो रहेछ भन्ने दर्शकलाई लाग्यो भने पक्कै पनि ‘छक्का पञ्जा’लाई अबका दिनमा असर गर्छ । तर हाम्रो कमजोर रहेछ भने हामीलाई असर गर्छ । राम्रो चलचित्र बनेको अवस्थामा कुनै असर गर्दैन । डराउनु पर्दैन । 

\"\"लामो अनुभवले के भन्छ, किन नेपाली चलचित्र रुचाइँदैन नेपालमै ?
पहिलो समस्या डिमान्डभन्दा सप्लाई धेरै भयो । नेपाली चलचित्र उद्योग वर्षको सय वटा चलचित्र चाहिने उद्योग होइन । दुई हप्ताको एउटा चलचित्र चल्यो भने २६ वटा चलचित्र भए पुग्छ । त्यसमा पनि कुनै चलचित्र दुई हप्ता चल्ला, कुनै चारवटा त कुनै एक हप्ता पनि नजाला । त्यसैले हामीलाई वर्षको ३० वटा चलचित्र भएपुग्छ । यसो भएको खण्डमा मेकर पनि गुणस्तरिय चलचित्र निर्माणमा केन्द्रित हुन्छ । विजनेशमा सहयोग पुग्छ । सप्लाई पनि कमशल चिजको भइरहेको छ । चलचित्र निर्माण चानचुने कुरै होइन । चलचित्र निर्माण जोक होइन । 

करोडौं घाटा भइरहेको छ, तर लगानी आउन छोडेको छैन, के कारण आकर्षण भइरहेका छन् निर्माता ?
अचम्म लाग्ने कुरै यहीँ छ । हरेक वर्ष ९० देखि ९५ वटा चलचित्रले लगानी उठाउँदैनन् तर हरेक वर्ष सयवटा चलचित्र निर्माण भइरहेका छन् । यसको कारण के हो भनेर हामीले विश्लेषण गर्दा चलचित्र निर्माणबारे प्रोडुसरलाई ज्ञान नहुनु । निर्देशक त परिकल्पनाकार मात्रै हो । म कस्तो चलचित्रमा लगानी गरिरहेको छु, यसमा यती लगानी गरेपछि त्यसको रिटन्र्स कति आउँछ भन्ने कुराको जानकारी नै छैन । 
अर्को कुरा निदेर्शकको कमजोरी । कुनै निर्माताले पत्याइदियो भने निर्देशक भएको अवस्था छ । म चलचित्र निर्माण गर्ने क्षमता राख्छु कि राख्दिन भन्ने उसले सोच्दैन । उसले आत्मसमीक्षा गर्नुपर्छ । जबसम्म आत्मसमीक्षा गरिदैन तबसम्म राम्रो काम हुँदैन । 

\"\"

तस्बिरः सौरभ रानाभाट 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC