site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको बलियो पकड
Sarbottam CementSarbottam Cement

काठमाडौं । यूएईको आवुधावीमा जारी अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले बलियो पकड बनाएको छ । तेस्रो दिनसम्म दोस्रो इनिङ्स व्याटिङ गरेको पाकिस्तानले अष्ट्रेलियासामु जितका लागि ५३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

पहिलो इनिङ्समा अष्ट्रेलियालाई १४५ रनमै अलआउट गरेको पाकिस्तानले १३७ रनको अग्रता पाएको थियो । पाकिस्तानले पहिलो इनिङ्समा २८२ रन बनाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो इनिङ्समा ९ विकेटको क्षतिमा ४०० रन बनाएर पाकिस्तानले इनिङ्स समाप्तिको घोषणा गरेको थियो । ५३८ रनको लक्ष्य पछ्याइरहेको अष्ट्रेलियाले तेस्रो दिनको समाप्तीमा (बिहीबार) एक विकेटको क्षतिमा ४७ रन बनाएको छ । 

अष्ट्रेलियाले शुक्रबार (आज) फेरि व्याटिङ थाल्नेछ । अझै दुई दिनको खेल बाँकी भएकाले नतिजाको पूर्वानुमान गर्न नसके पनि अष्ट्रेलियाका व्याट्सम्यान राम्रो लयमा देखिएका छैनन् । पहिलो टेष्ट खेल भने अष्ट्रेलियाले निकै संघर्षपूर्ण तरिकाले बराबरीमा रोकेको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC