site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘नेपाल आइडल’ को ‘वाइल्ड कार्ड इन्ट्री’मा ६ जना, कसले मार्ला वाजी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ मा आउट भइसकेका ६ जना प्रतिस्पर्धीले पुनः प्रवेश पाएका छन् । ‘वाइल्ड कार्ड इन्ट्री’मार्फत यसअघि प्रतिस्पर्धाबाट बाहिरिएका ६ जना प्रतिभाले पुनः नेपाल आइडलमा प्रवेश पाएका हुन् । 

दर्शकले मन पराउँदापराउँदै निर्माणायकको भोटमा थोरै मतान्तरका कारण बाहिरिएका कैलालीका रवी शर्मा, इलामकी समीक्षा दाहाल, रामेछापका राजेन्द्र आले, मोरङका मिलन परियार, सुनसरीकी ज्यास्मी लिम्बू र झापाका विश्वास उप्रेतीले गाला राउण्डमा प्रवेशका लागि अवसर पाएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘वाइल्ड कार्ड इन्ट्री’ मा मौका पाएका ६ जना प्रतिस्पर्धीले बिहीबारको श्रृंखालामा आआफ्नो प्रस्तुती प्रस्तुत गरिसकेका छन् । उनीहरुको मूल्यांकन निर्णायकले नभएर दर्शकले गर्नेछन् । ६ जना मध्ये सबैभन्दा धेरै दर्शकको भोट पाउने एक जनाले गाला राउण्डमा प्रवेश पाउनेछन् । 

अहिले गाला राउण्डमा ९ जना प्रतिस्पर्धी बाँकी छन् । गत हप्ता चितवनका मिनराज पौडेल प्रतिस्पर्धाबाट आउट भएका थिए । 
तस्बिरः एपीवान टेलिभिजन
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC