site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दशैँको मौलिकता हराउँदै
Ghorahi CementGhorahi Cement

–सिद्धराज भट्ट 


धनगढी । नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । 

पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको देखासिकीमा लाग्ने, आवश्यकताभन्दा बाहिरको फजुल खर्च गर्ने र तडकभडक गर्नेजस्ता प्रवृत्ति बढ्दै जाँदा यसको मौलिकपन हराउँदै गएको हो । 

Agni Group

दशैँमा देवीदेवताको नाममा घर घरमा खसीबोका, कुखुरा, हाँस परेवाजस्ता पशुपक्षीको बलि दिने चलन भने पहिलेको तुलनामा निकै कमी आएको छ । यद्यपि सुदूरपश्चिम प्रदेशको तराइका जिल्लाको तुलनामा पहाडी जिल्लाका कतिपय शक्तिपीठमा राँगा, खसीबोकाको बलि दिने चलन भने कायमै छ । 

देवीदेवताका नाममा पशुपक्षीको बलि दिनु अनुचित हो भन्ने भनाइ पशु अधिकारकर्मीको छ । तर बलि दिएर शक्तिको आराधना गर्ने परम्परामा कमी आउँदा रमाइलो नहुने, एक ठाउँ भेला हुने अवसर प्राप्त नभई सन्तुष्टि प्राप्तसमेत नहुने बलि पक्षधरको भनाइ छ । 

Global Ime bank

बलि दिने प्रचलनमा कमी आउँदा शक्तिको उपासना र आध्यात्मिक भावनामा कमी आउन थालेको स्थानीयवासी लेखराज ओझा बताउँछन् ।  

मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले परम्परादेखि बलि दिँदै आएको धार्मिकस्थलमा कसैले पनि पशु वा पक्षीलाई बलि दिन नहुने व्यवस्था गरेको छ । 

कतिपय ठाउँका मान्छे बसाइँ सर्दै आफ्नो पुख्र्यौली थलो छोडेर अर्को ठाउँमा बस्न थालेपछि दशैँजस्ता चाडपर्वको बेला गाउँमा निर्वाह गर्नुपर्ने आ–आफ्नो सामाजिक भूमिका एवम् दायित्व निर्वाह गर्ने व्यक्तिको समेत अभाव खड्किन थालेको देखिन्छ । जसका कारण सुदूरपश्चिम प्रदेशका कतिपय ठाउँमा दशैँको समयमा मठमन्दिरमा लाग्ने ठूला मेला जात्रा हिजोआज कि लाग्न छाडेका छन् । लागेका मेला जात्रामा पनि सर्वसाधारणको उपस्थिति कमी हुँदै जाँदा पहिलेको जस्तो हुने रौनकतामा कमी हुँदै गएको छ । 

अहिले मानिसहरु आफ्नो मौलिक जात्रा मेलाभन्दा पनि सिनेमा, शहर बजारमा लाग्ने रमाइलो मेला, महोत्सवलगायतमा बढी केन्द्रित देखिन थालेका छन् । 

बडादशैँ केवल खानपिन गर्नेमा मात्र केन्द्रित हुन थालेपछि यसको आध्यात्मिक पाटोलाई बिर्सिनेहरु बढ्न थालेका छन् । कतिपय ठाउँमा सर्वसाधारण समूहमा जम्मा भई जाँडरक्सी खाने, जुवातास खेल्नेजस्ता क्रियाकलापमा मात्रै केन्द्रित हुने गरेका कारण समाजमा नैतिकता र सदाचारको कमी आउनाका साथै रक्सी सेवनकै कारण बेलाबखत दुर्घटना र अपराधका घटना पनि हुने गरेका छन् । 

चाडपर्वको समयमा घरपरिवार तथा छरछिमेक एक ठाउँमा जम्मा भएर परम्परागत मौलिक खानाका परिकार निसौसे बाबर, गतानी डुब्का पकाउने प्रचलनलाई रेष्टुरेन्ट र होटलमा पाक्ने विदेशी खानाका परिकारले विस्थापित गर्न थालेको स्थानीय टिआर बिनाडी बताउँछन् ।  

यस्तै चाडबाडको समयमा नेपाली मौलिक पहिरनमा सजिनेहरु अहिले आएर आयातित पहिरनमा रमाइरहेका देखिन्छन् । यस्ता समस्या विषेशगरी युवापिँढीमा बढी देखिन थालेको छ । उनीहरु नेपाली विशुद्ध पहिरन दौरा सुरुवाल, ढाका टोपी, गुन्यू चोलोभन्दा आयातित लुगा लगाउन आकर्षित हुने गरेका देखिन्छन् । 

आफ्ना विशेष लोक भाका र गीत बिर्सिएर विदेशी सङ्गीतमा रुचि राख्नेहरुको सङ्ख्या पनि ह्वात्तै बढ्न थालेपछि दशैँजस्ता चाडपर्वमा सुनिने मौलिक बाजा गीत–सङ्गीतको प्रयोगमा पनि कमी आउँदै गएको देखिन्छ । 

अहिले देखावटी रुपमा दशैँ मनाउने प्रवृत्ति बढेको स्थानीयवासी पुष्पराज पाण्डेय बताउँछन् । “पहिले एकापसमा आदर, सद्भाव, भक्तिभावका साथ दशैँ मनाउने गरिन्थ्यो, पाण्डेयले भने, “अहिले देखावटी र देखासिकी बढ्न थालेको देखिन्छ ।” 

सुदूरपश्चिम प्रदेशमा वर्षौं अघिसम्म टीकाको दिनमात्र मान्यजनका हातबाट टीका थाप्ने चलन रहेकामा अहिले दशैँको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने गरिन्छ । 

अति व्यस्तताकाकारण टीकाको दिन टीका थाप्न नसक्नेहरुले पछिल्ला चार दिनसम्म पनि आफन्तकहाँ गएर टीका थापेर आशीर्वाद लिन सक्ने भएकाले दशैँको दिनदेखि पूर्णिमासम्म टीक थाप्ने चलनलाई सकारात्मक पक्ष मानिएको स्थानीयवासीको भनाइ छ । 

सूचना प्रविधिको विकाससँगै दशैँमा शुभकामना आदानप्रदान गर्न फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल एउटा गतिलो माध्यम बनेको छ । समय परिवर्तनसँगै चिठी वा शुभकामना कार्ड छपाएर शुभकामना दिने चलनलाई प्रविधिको विकासले भने विस्थापित गरिदिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC