देश

कारागारमा टिका 

कारागारमा टिका 

विदुर । नुवाकोट कारागारका कैदीले एकापसमा टिका तथा जमरा लगाई विजयादशमी मनाएका छन् । 

विभिन्न मुद्धामा सो कारागारमा थुनामा रहेका १ सय ४१ जना पुरुष र २० जना महिला गरी १ सय ६१ जना कैदीले एकापसमा टीका तथा जमरा लगाउाका साथै तीन सय भन्दा बढी कैदीका आफन्तबाट टिका ग्रहण गरेका हुन् । 

कारागारका आन्तरिक प्रशासन प्रमुख लुमडी कार्कीले कारागारमा रक्तदान र अन्य विभिन्न कार्यक्रम पनि गरिएको जानकारी दिए ।
 
दशैँ मनाइएपनि कैदीहरुमा भाईचारा र सद्भाव वृद्धि भई कारागार सुधारमा समेत बल पुग्ने कारागार निमित्त प्रमुख रामराजा भण्डारीले बताए । रासस

तपाईंको मत