site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कुमारी मन
Sarbottam CementSarbottam Cement

– माधव सयपत्री


आपूmले काम गरिरहेको संस्थाको कार्यक्रम लिएर लुना सदरमुकामबाट गाउँ हिँडेकी छे । ऊ बसको अगाडिकै सिटमा छे । बसमा मान्छे अटाईनअटाई छन् । हल्ला बेसी नै चलेको छ । अर्थ लाग्ने र तर्कका कुरा एउटै छैनन् । खालि बकम्फुसे कुरामात्र । केटाहरू छिल्लिएर बोलेको सुन्छे लुना । तिनले सीमै नाघेका छन् ।

बस घ्यार्रघ्यार्र गरी लम्केको छ । लुना आप्mनै सोचाइमा छे । कार्यस्थलमा गर्ने कामको लामो लिस्ट उसको अगाडि आउँछ— पहिले गाउँका अगुवाहरूलाई जम्मा गर्ने । कार्यक्रमको जानकारी दिने । उनीहरूमार्फत सबैलाई बोलाउने । तालिम चलाउने । कार्यप्रगति विवरण जिल्ला शाखामा पठाउने । आखिर एनजीओ र आईएनजीओको कामै कागजमा कलम दौडाएर रकम झ्वाम पार्ने  हो ।

Prabhu Bank
Agni Group
NIC Asia

ऊ पनि कागजी घोडाले बोकेकै तलब खान्छे । काम न सामको तलबमात्रै । यस्तो देख्दा लुनालाई पनि जागिर खाइरहन मन थिएन । तर, बल्लबल्ल भेटेको जागिर कसरी छोड्नु !

हल्लाखल्लाले आजित बनाएको छ लुनालाई । हल्लाबाट पार पाउन कानमा एयरफोन खाँद्छे ऊ । र, मोबाइलको मेमोरीमा गीत खोजेर प्ले गर्छे । गीत बज्छ, ‘हम दोनो दो प्रेमी दुनियाँ छोड् चले ।’

Global Ime bank

लुना ‘दोनो’ भएकी छैन । तर, उसलाई यही गीत असाध्यै मन पर्छ । पहिला स्कुले जीवनमा एक–दुई केटा प्रेम प्रस्ताव लिएर आएका थिए । उसले ठाडै इन्कार गरेकी थिई । प्रेमस्रेमको मामिलामा लुना एककिसिमले कमजोर देखिई ।

यो वैंशालु उमेरमा पनि लुनाका कोही प्रेमी वा केटा साथी छैनन् । बनाउने प्रयास गरेकी पनि छैन । केटा साथी वा केटी साथी हुनैपर्छ नभए इज्जतै जाने जस्तो कुरा गर्छन् अहिलेका ठिटाठिटी । तर, ऊ यस्तो प्रवृत्तिको विपक्षमा छे । कुर्कुरे वैंशबाट जोगिएर यो उमेरमा आएकी छे । अब त उसलाई केटा देख्दा त्यस्तो केही फरक अनुभूति हुँदैन ।

उमेरले २० काटेपछि मानिसमा एककिसिमको परिपक्वता आउँदो रहेछ । विचारेर मात्रै निर्णय गर्ने क्षमता वा विचार विकसित हुँदो रहेछ । कुर्कुरे उमेरमा कसैसँग एकछिनको मजाका लागि फसेको भए ऊ बर्बाद भइसक्ने थिई— न पढाइ न जागिर । लोग्नेमान्छेको दासीमात्र । बच्चा जन्मा, हुर्का, पढा, घरधन्दा गर्, पतिव्रता बन् । आदि इत्यादि ।

एकैछिनमा के–के कुरा खेल्छ लुनाको मनमा । व्यवस्थापन गर्नै गाह्रो हुन्छ । मनलाई स्थिर गर्न खोज्छे । सक्दिन । उसको मन मनोद्वन्द्वमा फस्छ ।

केटाहरू उसैगरी छिल्लिरहेकै छन् । छिल्लिन उनीहरूलाई समाजले छुट दिएको छ । शहरमा त छिल्लिन्छन्, छिल्लिन्छन् । तर, त्यो ग्रामीण बस्तीको बाटोमा पनि केटाहरू निर्लज्व छिल्लिएका छन् । ऊ बेलाबेला एयरफोन हटाएर सुन्छे ।

वयस्क एउटी महिला भन्छे, “सक्छौ के आँट गर्न ?”

मेरीबास्सै ! महिलाले थोरैमात्र के मन खोलेका थिए, लोग्नेमान्छे इतरिन्छन् । वयस्क लोग्नेमान्छे नै ठट्टा गर्न तम्सिछन् ।

एउटाले भन्छ, “के नसक्नु ! बोकेरै भए नि लैजाउँला हो । कता जाने मन छ ? जंगलतिर कि हाम्रै घरतिर ?”

लौ, अबचैं सुनिसक्नु भएन ।

पक्की बाटो सकिएपछि बस कच्चीबाटो र उबडखाबड बाटोमा ठसठस्ती कन्दै उकालो लाग्छ । मानिसहरू चढ्ने र ओर्लने क्रम चलेकै छ । को–को चढे, कति चढे, उसले वास्ता गरेकी छैन । चिनेकी पनि छैन उसले । अत्यन्त साँघुरो कच्ची बाटोमा ड्राइभरलाई गाडी चलाउन निकै गाह्रो भएको छ । ड्राइभरले गाडीको स्टेयरिङ मरीमरी बटारेको हेरिरहेकी छे लुना ।

सोच्छे— ड्राइभरले अलिकति लापर्वाह गर्दिए भने को नै बाँकी रहन्थ्यो र ! मानिसहरू ड्राइभि—लाई त्यति इज्जतिलो पेशा मान्दैनन् । तर, यिनले स्टेरिङ नसमाते देशै चल्दैन ।

बस जोल्टिङ खाँदै उकालो चढ्दै छ । लुनाको कानमा गीत बजी नै रहेको छ । ऊ बेस्मारी झुमिछे, निदाइछे मज्जाले । सँगैको केटाले आफ्नो टाउको उसको छातीमै टाँसेछ । निदाएको बहाना बनाएको हो वा साँच्चै निदाएरै लोलाएको हो, पत्तो पाइन । केटाको टाउकाको थिचाइले ऊ बिउँझिन्छे । तर, उसले त्यो केटालाई केही भन्न सक्दिन । केटा रातो मुख पारेर सामान्य हुन खोज्छ ।

लुनाले सोची— मैले आफूलाई त्यसरी फुक्काफाल छाड्न नहुने नि !

उसलाई अप्ठ्यारो पनि लाग्छ । फेरि सोच्छे— कोही चिनेजानेको मान्छेले देखेको भए ? अँ, ठीकै छ, बसको यात्रा हो । सबैलाई आफन्तै मान्नुपर्छ । म आफैं उसको छातीमा झुम्न पुगें त उसले के गरोस् ?

आफूलाई सामान्य बनाउँदै ढोकातिर हेर्छे लुना । २०–२२ को उमेरकी एउटी महिला ढोकाको छेवैमा छे । त्यसको अनुहार हेरिनसक्नु भएको छ । ‘वाक वाक’ गरिरहेकी छे । वान्ता गर्दागर्दा उसको ज्यान शिथिल भएको छ । फुंग उडेको अनुहारले त्यही कुराको संकेत गरेको छ । बोल्न पनि नसक्ने । अनुहारभरि लेग्रैलेग्रा । कपालले अनुहारको आधा भाग ढाकेको छ । एक्लै भेट्दा तर्साउनेजस्तै देखिएकी छे । उसले बसको ढोकाछेउको थाम समातेकी छे । छादजति भुइँमा छ ।

खलाँसी उसैलाई भन्दै छ, “दिदी, तिम्रो छाद तिमी नै सोर है ! आउन लागेपछि प्लास्टिक माग्नु पर्दैन ?”

ऊ बोल्दिन । फेरि भित्रैबाट कुँडुलिएर आएछ क्यार । ह्वाल्लै पारिदिन्छे । उसको छेउमा उभिएका धेरै मान्छेको जिउमा वान्ताको छिटा पर्छ ।

एकजना कराउँछ, “यस्ताले के बस चढ्नु ? ठमठमी हिँडे भैहाल्यो नि ! अर्काको समेत लुगा बर्बाद ।”

धेरै यात्रुले उसलाई निकै छेडछाड गर्छन् तर उसले सुनिन या सुन्न चाहेकी छैन । सुनेर पनि बोलिन या बोल्न सकेकी छैन । लुनाले कुराको चुरो पत्तो पाएकी छैन । ऊ बोल्न सक्ने अवस्थामै थिइन । उसको ब्याग भुइँतिर झरेको छ । काखमा सानो बच्चा च्यापेकी छे । एक हातले बच्चा र अर्को हातले थाम समातेकी छे । उसलाई अडिन निकै गाह्रो परेको छ ।

ऊ लगातार बान्ता गरिरहेकी छे । मुखबाट अन्नको साटो पानीमात्र आउन थालेको छ । हरियो लेउमात्र छाद्छे ऊ । बसैभरि छाद गनाएको छ । धेरैले नाक छोपेका छन् ।

“कत्ति न कहिल्यै बसमा नछाद्ने देखिन खोजेका होलान् । एकचोटि पनि बसमा नछाद्ने को होला र ?” लुनाको मनले ढोकाकी केटीको पक्ष लिन खोजे पनि छादको गन्धले उसलाई पनि उक्–उक् हुन आँटेको छ । खुकुलिएको मास्क उसले मुखमा अझै कस्छे ।

महिलाको बच्चा रुन थाल्छ । बेस्सरी रुन थाल्छ । आमाको काखैबाट खसूँलाझैं मडारिएर रोइरहेको छ । आफ्नो बच्चा रोएको पनि थाहा नपाएजस्तो ऊ वाक्–वाक् गरिरहेकी छे ।

बच्चा रोइरहेकै छ । अहँ, कसैले वास्तापास्ता गरेको छैन । उसले एक हातले बच्चालाई दह्रो गरी समातेकी छे । तर, बच्चा उसको अँगालोमा बाँधिन मानेको छैन । आमाको छातीमा टाउकाले हान्दै बच्चा दूध माग्दै छ ।

छाद्दा–छाद्दै ऊ बेहोशै होलीजस्ती देखिएकी छे । उसमा आँखा खोलेर बच्चालाई पुलुक्क हेर्ने तागत पनि छैन । उसको काखबाट बच्चा झर्ने अवस्था पुग्छ । लुनाको मन कताकता भित्र दुख्न थाल्छ । सोच्छे— हातबाट बच्चा खस्यो भने ? बसको ढोकाबाट झर्न पनि सक्छ ।

उसकै छेउमा छे लुना । हतार–हतार बच्चालाई तान्छे । काखमा राख्छे । आफ्नो बच्चा कसले तानेर लगेको छ, आमाले थाहै पाएकी छैन । हेर्न पनि सकेकी छैन । अनुहारको रूपरंग ¥याल र सिँगानले बिगारेको छ । ऊ ‘हँ ऽऽ हँऽऽ’ मात्र गरिरहेकी छे ।

फेरि खलाँसी कराउँछ, “ए दिदी, तिमी माथि जाऊ । खसौली । तिमी त मछ्र्यौ मछ्र्यौ, हामीलाईं पनि पारौली ।”

खलाँसीको आदेश शायद उसले सुनेकी छैन ।

बच्चा लुनाको काखमा आएपछि रुन छाड्छ । आँखा घुमाएर वरिपरि हेर्छ । मुसुक्क हाँस्छ । लुनाको घाँटीको माला खेलाउन थाल्छ । ‘चाचा, चाचा’ भन्न थाल्छ । लुना बच्चाको अनुहार मुसार्छे । आहा ! कति नरम ! मनमनै भन्छे ।

बच्चा सकसक गर्न थाल्छ । यताउति छाम्छ । लुनाको छातीमा टाँसिएर स्याँस्याँ गर्न लाग्छ । फेरि रुन थाल्छ । रुवाइ बढ्दै जान्छ ।

नजिकै बसेको ठिटो भन्छ, “दूध ख्वाउनुस् न बैनी । बच्चा त्यसरी रुँदा पनि तपाईं वास्तै नगर्ने ? बच्चा रोएपछि दूध चुसाउनु पर्दैन ?”

लुना पुलुक्क त्यो केटालाई हेर्छे । लाज लाग्छ । बोल्दिन । बच्चाको रुवाइ चर्किंदै जान्छ । उसकी आमा बसको ढोकाछेउको फलामे बिम समातेर लोलाएको लोलायै छे । उसको वान्ता अलि कम भएको छ ।    

बच्चा रोएकोरोयै छ– पूरै बस थर्किने गरी । के भनेर फुल्याउने ? के गर्दा बच्चा फुलिन्छ ? लुनाले यताउता हेर्छे ।

लुना आफूले ओडेको सल सरक्क पन्छाउँछे । बच्चाको टाउको छातीमा टाँसेर सलले छोप्छे । बच्चा दूध खोज्न थाल्छ । भेट्छ । मुन्टोमा मुख लगाउँछ र बेस्मारी तान्न थाल्छ । बच्चाको रुवाइ बन्द हुन्छ ।

बच्चा कुमारी स्तन चुस्दै जान्छ । लुनाको शरीरमा फरक तरंग तरंगित हुँदै जान्छ । कुमारी स्तनबाट दूध आउने कुरा भएन तर ऊ तानेको तान्यै छ । लुनालाई थोरै कुत्कुती लागेको छ । तर, बेग्लै अनुभूति भएको छ । आमा बनेको अतुलनीय आनन्द महसुस गरेकी छ । बच्चा आनन्द मानेर कहिले देब्रे त कहिले दाहिनेतिर तान्दै छ, दूधै आएझैं ।

एक्कासि बच्चाकी आमाको आँखा खुल्छ । आफ्नो बच्चा देख्दिन, आत्तिन्छे । छेउकै सिटमा देख्छे । अनुहारमा खुशी देखिन्छ । बोल्ने तागत छैन । बच्चा आफूतिर तान्छे । गाडी रोक्न लगाउँछे । भाडा तिर्छे । बच्चा लिएर हिँड्छे । पर पुग्दा पनि बच्चा हातले बसतिरै देखाइरहेको छ ।

लुना तन्द्रामा रहिछे, झसंग हुन्छे । बच्चालाई हेरिरहन्छे । उसलाई आफ्नै बच्चा कसैले खोसेर लगेझैं लाग्छ । उसको मन एक तमासको हुन्छ । छाती भारी भएर आउँछ ।

बस हिँड्छ । लुना झ्यालबाट हेर्छे । त्यो महिला नानी च्यापेर सडकबाट गोरेटोतिर झर्न लाग्छे । लुनालाई आप्mनो छाती बेस्मारी चर्किएझैं लाग्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०७५  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC