एजेन्सी । खराब लयबाट गुज्रिरहेको रियाल मड्रिड शनिबार लेभान्टेसँग २–१ ले पराजित भएको छ ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियालले छैटौं मिनेटमा गोल खाएको थियो । जोजे लुइस मोरालेसले सर्जियो पोस्टिगोले गरेको गोलमा भ्रमणकारी लेभान्टेले अग्रता लिएको हो । त्यसको सात मिनेट बित्न नपाउदै रोड्रीगोले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनायो । ७२औं मिनेटमा मर्सेलोले गरेको गोल रियालका लागि सान्त्वना बन्यो ।
सबैखाले खेलमा रियालले जित निकाल्न नसकेको यो पाचौं खेल हो भने यो लगातार तेस्रो हार हो । नौ खेलबाट १४ अंक जोडेको रियाल पाँचौ स्थानमा छ । समान खेलबाट १३ अंक जोडेको लेभान्टे सातौं स्थानमा छ । लगातारको हारसँगै रियालका नयाँ प्रशिक्षक युलियान लोप्तेगी दवाबमा परेका छन् ।