site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले समुदाय स्तरबाट करोडौँ रुपैयाँ सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण गरेका छन् । 

सरकारी निकाय, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा पुगेका शिखका बासिन्दाको रु तीन करोड २८ लाखको लागतमा १७ कोठे दुई वटा भवन पुनःनिर्माण भएको हो । २०७२ को भूकम्पले चर्काएको र भत्काएको भवन पुनःनिर्माणमा सरकारी निकायको तुलनामा समुदायको लगानी बढी रहेको व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बुद्धुजाले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

तत्कालीन जिविस, गाविस र शिक्षा कार्यालयको ६६ लाख, दाताको एक करोड ६६ लाख र समुदायको ९६ लाख रुपैयाँमा विद्यालय भवन नयाँ बनेको हो । दुई वटै भवन अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी क्षमताका छन् । २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पका कारण विद्यालयको पुरानो कक्षा कोठा भवन जीर्ण बनेपछि विद्यार्थी जोखिम मोलेर पढ्दै आएका थिए । गत वर्ष सरकारी निकायको रु ५० लाख अनुदान र समुदायको रु ९० लाखको लागतमा छकोठे भवन निर्माण भएको थियो । 

ब्रिटिस गोर्खा वेयलफेयरको रु एक करोड ६६ लाख सहयोगमा यस वर्ष आठकोठे अर्को भवन पुनः निर्माण गरिएको अध्यक्ष बुद्धुजाले बताए । गत वर्ष निर्माण भएको आठकोठे भवनमा यसपालि जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको १६ लाख र समुदायको ६ लाख रुपैयाँ बराबरको सहयोगमा तीन वटा कोठा थप गरिएको छ । 

Global Ime bank

पोखरा, काठमाडौं र प्रवासमा रहेका शिखका बासिन्दा तथा पूर्वविद्यार्थीहरुले विद्यालय भवन पुनः निर्माणमा सहयोग गरेका प्रधानाध्यापक केदार कार्कीले बताए । कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा १९१ जना विद्यार्थी छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC