site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गर्ने तयारी, गृह मन्त्रालयमा पुग्यो पत्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ कि १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि  अनुसन्धानमा लापरवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपीसहित २ जनालाई बर्खास्त गर्ने तयारी भएको छ । प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै सेवाबाट बर्खासीका लागि निलम्बीत एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन निलम्बीत इन्सपेक्टर जगदिश भट्टलाई वर्खास्त गर्न गृहमा पत्र पठाएको हो ।

गृहस्रोतका अनुसार सम्भवतः आइतबार (आजै) गृहसचिवस्तरीय निर्णयबाट उनीहरुलाई वर्खास्त गर्ने प्रक्रिया सुरू हुनेछ । प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिव स्तरिय निर्णयबाट हुने व्यवस्था छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी प्रधान कार्यालयका एआईजी धीरु बस्न्यातको संयोजकत्वमा गठित अनुसन्धान टोलीले एसपी विष्टसहित इन्सपेक्टर भट्टलाई बर्खास्त गर्न सुझाव दिएपछि प्रहरी प्रधान कार्यालयले गृहलाई पत्र पठाएको हो । गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी निर्मला साउन ११ गते मृत अवस्थामा उखुवारीमा फेला परेकी थिइन् । उनको  बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निर्मला हराएको भन्दै साउन १० गते साँझ नै वडा प्रहरी कार्यालयमा खबर गर्दा प्रहरीले ‘भोली खोजौंला’ भन्दै टारेको निर्मलाका आफन्तले आरोप लगाउँदै आएका छन् ।

तत्कालीन समयमा इन्सपेक्टर भट्ट नै वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख थिए । यसअघि सरकारद्वारा गठित समितिले पनि निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले चरम लापरवाही गरेको निष्कर्स निकालेको थियो । निर्मला हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तका रुपमा भीमदत्तनगर १९ का दिलिपसिहं विष्टलाई सार्वजनिक गरेपछि उनको डीएनए म्याच नभएपछि उनी साधारण तारेखमा रिहा भएका थिए । 

Global Ime bank

दिलिपलाई मुख्य नक्कली अभियुक्तको रुपमा सार्वजनिक गर्ने सीआईबीका डीएसपी अंगुर जिसीको पनि प्रमुख भूमिका थियो । जिसीसहित ६ जना प्रहरी हाल निलम्बनमा छन् ।  निर्मला हत्या प्रकरणमा कञ्चनपुरको तत्कालीन प्रहरी नेतृत्वले प्रमाण लुकाउन खोजेको आरोप स्थानीयले लगाउँदै आएक छन् । एसपी विष्टले भने आफूमाथि प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरिररहेको बताए । ‘‘मलाई वर्खास्त गर्नेबारे जानकारी छैन् । ममाथी कस्तो किसिमको कार्वाही हुन्छ या हुँदैन,त्यसको प्रकृती हेरेर मात्रै आवश्यक कदम चाल्छु,’’ एसपी विष्टले भने । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC