site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ब्रेक्जिटबारे ताजा निर्वाचनको माग गर्दै लण्डनका मेयरसहित लाखौं बेलायती सडकमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौ । युरोपेली संघ (ईयु)बाट बेलायत छुट्टिने निर्णय (बे्रक्जिट)को विरोधमा पुनः जनमत संहग्रको माग गर्दै लाखौं बेलायती नागरिकले शनिबार लण्डनमा प्रदर्शन गरेका छन् । बीबीसीको रिपोर्टमा जनाइए अनुसार यसरी प्रदर्शन गर्नेको संख्या करिब ७ लाख रहेको थियो । तर, नगर प्रहरीले भीड भएका कारण प्रदर्शनकारीको संख्या आकलन गर्न सकिने अवस्था नरहेको जनाएको छ । 
प्रदर्शनकारीहरुले अर्को नयाँ मतदान आवश्यक भएको जनाएका थिए । यसअघि भएको जनमत संग्रहपछि अहिले नयाँ जटिलताहरु आएको उनीहरुले बताएका छन् । बेलायत इयुबाट बाहिरिने निर्णय मतदानमार्फत् नै  सन् २०१६ को जुनमा भएको थियो ।  
मतदानका क्रममा ५१ दशमलव ८९ प्रतिशतले ब्रेक्जिटका पक्षमा मतदान गरेका थिए भने ४८ दशमलब ११ प्रतिशतले इयु अन्तर्गत नै रहनुपर्ने जनाएका थिए । शनिबारको प्रदर्शनमा प्रदर्शनकारीहरु चढेका करिब १५० बस लण्डनमा राखिएका  थिए ।  सो प्रदर्शनमा लण्डनका मेयर सादिक खानसमेत सहभागी थिए । उनले साढे दुई वर्षअघि गरिएका प्रतिवद्धता पूरा गर्न लाखौं माइलको दूरी रहेको बताए । लण्डनका मेयर विपक्षी  लेबर पार्टीका हुन् । 

सन् २०१६को मतदानमा सहभागी हुन नपाएका युवाको संख्या शनिबारको प्रदर्शनमा अधिक रहेको बताइएको छ । त्यतिबेला झिनो बहुमतका साथ बेलायत इयुबाट बाहिरिने पक्षमा मत परेको थियो । शनिबारको प्रदर्शनमा थुप्रै सांसदको पनि सहभागिता रहेको थियो । उनीहरुले ताजा निर्वाचनको माग गरेका थिए । यद्यपि सत्तापक्षले भने यो विषयलाई लिएर अर्को निर्वाचन गराउन चाहेको छैन ।  मार्च २९, २०१९बाट बेलायत इयुबाट बाहिरिने तिथी तय भएपनि आयरल्याण्डसँगको विषयले अल्झिदै आएको छ । आयरल्याण्ड इयुको भूभाग अन्तर्गत पर्दछ भने उत्तरी आयरल्याण्ड बेलायतको भूभाग हो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC