site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
#metoo मा मुछिएका अनु मल्लिक इन्डियन आइडलको जजबाट निकालिए
Ghorahi CementGhorahi Cement

काठमाडौं । #metoo मा मुछिएपछि भारतका प्रख्यात संगीतकार अनु मल्लिक सिंगिङ रियालिटी शो इन्डियन आइडलको जजबाट निकालिएको इन्डिया टुडेले जनाएको छ । १० वर्षदेखि चल्दै आएको इन्डियन आइडलमा मल्लिक ७ वर्षदेखि जज रहँदै आएका थिए ।  

भारतकी एक गायिका श्वेता पण्डितले मल्लिकले आफूलाई सन् २००१ मा एक गीत गाउन मौका दिने बहानामा चुम्बन गर्न दबाब दिएको खुलासा एक ट्विटमार्फत् गरेकी थिइन् । गएको बुधबार अर्थात् असोज ३१ मा श्वेता पण्डितको भेरिफाइड ट्विटर ह्यान्डलबाट गरिएको सो खुलासाका अनुसार उनले आफूलाई यो कुरा खोल्न निकै समय लागेको भए पनि अहिले आएर पुरानो घाउ देखाएको कुरा लेखेकी छिन् ।

Agni Group

सन् २००० मा अमिताभ बच्चन, शाहरुख खान तथा ऐश्वर्या राय खेलेको चर्चित सिनेमा मोहब्बतेंमा एउटा गीत गाएर आफू चर्चित भएको र अर्को त्यस्तै गीत गाउने सोचमा रहेका बेला अनु मल्लिकका निजी सचिवले आफूलाई मल्लिकसँग भेट्न बोलाएको कुरा उनले लेखेकी छिन् ।

सन् २००१ को मध्यतिर आफूलाई मल्लिकले भेट्न बोलाएकोमा उनी निकै उत्साहित हुँदै अन्धेरी, मुम्बईमा रहेको एम्पाएर स्टुडियो गइन् । त्यसबेला उनको उमेर केवल १५ वर्ष थियो । आफूले अनु मल्लिकको संगीतलाई मन पराउने गरेको र उनले संगीतबद्ध गरेका गीत घण्टौं रियाज गर्ने गरेको पनि उनले बताएकी छिन् । 

Global Ime bank

याे पनि पढ्नुहाेस्

भारतीय संगीतकार अनु मल्लिक पनि #metoo मा आरोपित

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC