site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोहली र रोहितको शतकमा भारतलाई सहज जित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । कप्तान बिराट कोहली र रोहित शर्माले शतक बनाएपछि भारतले  वेस्ट इन्डिजबिरूद्धको पहिलो एकदिवसीय खेल आठ विकेटले जितेको छ । 

भारतको गुहाहिटीस्थित बर्सापरा क्रीकेट रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा  ८ विकेट गुमाएर ३ सय २२ रनको योगफल बनाएको थियो । जुन घरेलु टोली भरतले ४२।१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।

Agni Group

भ्रमणकारी टोलीका लागि सिमरोन हेटमेएरले ७८ बलमा ६ चौका र ६ छक्का हान्दै १ सय ६ रन बनाए । ओपनर किरण पावेलले ५१ रन बनाउदा कप्तान जसोन होल्डरले ३५ तथा शाइ होपले ३२ रन बनाए । रोभमान पावेलले २२ रन बनाउदा केमर रोच २६ तथा देभेन्द्र बिशु २२ रनमा अविजित रहे । भारतका युजभेन्द्र चाहलले ३ विकेट लिदा मोहम्मद शामी र रबिन्द्र जडेजाको नाममा २–२ विकेट रह्यो ।

घरेलु टोलीले शुरूमै ओपनर शिखर धवनलाई गुमाए पनि अर्का ओपनर रोहित शर्मा र कप्तान बिराट कोहलीले दोस्रो विकेटका लागि २ सय ४६ रनको साझेदारी गर्दै भरतलाई जित दिलाए । रोहितले १ सय १७ बलमा १५ चौका र ८ छ्क्का हान्दै अविजित १ सय ५२ रन बनाए । कोहलीले १ सय ७ बलमा २१ चौका र २ छक्का हान्दै १ सय ४० रन जोडे । अम्बति रायडु २२ रनमा अविजित रहे । 

Global Ime bank

जितसँगै भरतले ५ एकदिवसीय श्रीङ्खलामा १–० को अग्रता लिएको छ । यसअघि दुई टेस्टको श्रीङ्खला भारतले क्लिन स्विप गरेको थियो । दोस्रो खेल बिशखापटनममा बुधबार हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC