site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 नेपाली चलचित्रको  बजार कि  हाटबजार ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । घटस्थापनाका दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा–३’ ले अहिले पनि उल्लेखनीय दर्शक बटुलिरहेको छ । फूलपातीका दिन रिलिज भएको चलचित्र ‘जय भोले’ले पनि दर्शकको राम्रै साथ पाइरहेको छ । ठूलो ब्यानरका यी दुई चलचित्रले दसैंलाई लक्षित गर्दै रिलिज डेट लक गरेपछि अन्य चलचित्र दसैंमा प्रदर्शन भएनन् । 

नेपालमा अधिकांश चलचित्र लगानी उठाउन नसकेर टाट पल्टिरहेका बेला ‘छक्का पञ्जा’का सिरिजले भने हरेक वर्ष राम्रो ब्यापार गर्दै आएका छन् । यो चलचित्रका लेखक, निर्माता तथा अभिनेता दीपकराज गिरीका अनुसार ‘छक्का पञ्जा’को पहिलो सिरिजले १६ र दोस्रो सिरिजले १५ करोड ग्रस कलेक्सन गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रले उत्साह जनक ब्यापार गरिरहेका बेला हरेक वर्ष ९५ प्रतिशत नेपाली चलचित्र घाटामा गइरहेका छन् । यसलाई नेपाली चलचित्रको बजार नभएर हाट बजार भएको दीपकराज गिरीको  टिप्पणी छ । “नेपाली चलचित्रको बजार छैन, हाटबजार छ,” दीपक बाह्रखरीसँग भन्छन्, “हाटबजार हप्तामा एक दिन लाग्छ, हाटबजारलाई बजार बनाउनुपर्छ । बजारमा हरेक दिन आफूले खोजेको सबै कुरा पाइन्छ ।”

हलमा प्रदर्शन हुने प्रत्येक चलचित्र कम्तिमा एभरेज मात्रै बनाउन सकेपनि नेपाली चलचित्रको बजार राम्रो हुने उनी बताउँछन् । वर्षमा मुस्किलले एकदुईटा चलचित्रमात्रै राम्रा बन्ने गरेका  कारण नेपाली चलचित्रको बजार राम्रो हुन नसकेको उनको ठम्याई छ । 

Global Ime bank

नेपाली चलचित्रको बजार उच्च नहुनुका पछाडि कमजोर पब्लिसिटी, मेकिङमा बजेटको अभाव र कमजोर कथा नै कुख्य कारण रहेको अभिनेता तथा लेखक खगेन्द्र लामिछाने बताउँछन् । 

“चलचित्रको मेरुदण्ड नै कमजोर भएपछि बाँकी अङ्गले काम गर्दैनन् । चलचित्रको मेरुदण्ड भनेको स्क्रिप्ट हो, यसमा नै हामी मेहनेत गरिरहेका छैनौं,” खगेन्द्र बाह्रखरीसँग भन्छन्, “अर्को कुरा चलचित्र बनाएर मात्रै हुँदैन त्यसको पब्लिसिटी पनि हुनुपर्छ । हाम्रा अधिकांश चलचित्र कहिले रिलिज भए र कहिले हलबाट उत्रिए भन्ने कुराको जानकारी पनि दर्शकलाई दिन सकिएको छैन । मेरा हरेक कुराको जानकारी राख्न खोज्ने केही फ्यानलाई मेरो चलचित्र ‘डण्डिबियो’ प्रर्दशन भएको थाहा थिएन । जानकारी राख्न खोज्ने दर्शकसामु पनि हामी पुग्न सकेका छैनौैं भने हाम्रा चलचित्रको मार्केटिङ कति कमजोर छ भन्ने कुराको पुष्टि यसैले गर्छ ।”

खगेन्द्र नेपाली चलचित्रको सानो आकारको बजेट पनि बजार खुम्च्याउने अर्को कारण रहेको बताउँछन् । नेपाली चलचित्रको बजेट २ करोड रुपैयाँ रहेको भन्दै उनी उक्त लगानी उठछ् कि उठ्दैन भन्ने तनावमा मेकर हुने गरेको सुनाउँछन् । यसका लागि नेपाली चलचित्रले आफूलाई फेष्टिबलमा अप्रोच गर्दै विदेशी बजार खोज्नुपर्ने उपाय सुझाउँछन् । 

नेपालमा वार्षिक १सय भन्दा धेरै चलचित्र रिलिज हुँदै आएका छन् । सयवटा चलचित्र रिलिज हुँदा  करिब ९५ वटा चलचित्र घाटामा जाने गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC