site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
विवेकशून्य सरकारमा जवाफदेहिताको चरम अभाव : प्रदीप पौडेल 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले विवेकशून्य वर्तमान सरकारमा जवाफदेहिताको चरम अभाव रहेको आरोप लगाएका छन् । नेता पौडेलले सरकारका पछिल्ला कामका कारण आम जनतामा चरम निराशा छाएको समेत दाबी गरे ।  
जापानको  राजधानी टोकियोमा जनसम्पर्क समिति जापानले गरेको अन्तरक्रियामा पौडेलले वाइडबडी विमान खरिद प्रकरण तथा बूढीगण्डकी परियोजना बिनाटेण्डर चीनको गेजुवा कम्पनीलाई दिने सरकारी निर्णयप्रति कडा आपत्ति जनाए । “यस्ता विवादास्पद विषयमा जनस्तरबाट पटक–पटक आइरहेका टिकाटिप्पणीलाई सही सम्बोधन नगरी सरकारले जवाफहीन संस्कृतिलाई प्रश्रय दिएको छ,” पौडेलले भने । बढ्दो भ्रष्टाचार, चरम महँगी, कमजोर सुरक्षा व्यवस्था, फितलो प्रशासनका कारण जनता वाक्क दिक्क भइसक्दा समेत दुई तिहाई बहुमत रहेको वर्तमान सरकारले केही गर्न नसक्नु ठूलो लज्जाको विषय पौडेलेको भनाइ थियो । जनतालाई भुलभुलैयामा पार्न वर्तमान सरकारले चीनबाट रेल ल्याउने, पानी जहाज कुदाउने, हावाबाट बिजुली निकाल्ने जस्ता कोरा नाराहरु दिएपनि अहिलेसम्म ती विषयमा कुनै ठोस योजना ल्याउन नसकेको उनले बताए । 
बेग्लै प्रसंगमा पौडेलले नेपालको सन्दर्भमा लोकतन्त्र र नेपाली कांग्रेस एकअर्काका पर्याय रहेको भन्दै कांग्रेसले मात्र देशको विकास गर्न सक्ने दाबी गरे । व्यक्तिवादी प्रवृत्ति हावी हुँदा विगतमा कांग्रेसबाट पनि गल्ती भएको स्विकार गर्दै उनले पार्टी शुद्धीकरणको विकल्प नहरेको तर्क गरे । नेपालको राजनीति सैद्धान्तिक पक्षबाट स्खलित भइरहनु ठूलो चिन्ताको विषय भएकाले योग्य मतदाताहरुले योग्य नेतृत्व चुन्नुको विकल्प नभएको उनको भनाइ छ । 
प्रवासमा रहेका नेपालीहरुलाई घरजग्गा खरिदमा नभई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे । “विदेशमा बसेका नेपालीले पैसा मात्र कमाएका छैनन्, प्रविधि र सीप पनि सिकेका छन्, अब त्यस्तो प्रविधि र सीपको प्रयोग स्वदेशमै हुनुपर्छ र विदेशीका युवालाई स्वदेश फर्काउनुपर्छ,” पौडेलले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC