site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दिल्लीको हावाको गुणस्तर कमजोर
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतको राजधानी सहर नयाँदिल्लीको वायुको गुणस्तर कमजोर रहेको पाइएको छ । सोमबार दिल्लीका अधिकांश ठाउँको वायुको गुणस्तर २०० अङ्कभन्दा माथि रहेको छ । 

वायु गुणस्तर सूचक (एक्यूआई) अनुसार दिल्लीको लोधिया सडक क्षेत्रमा सोमबार बिहान वायुको गुणस्तर पिएम २.५ र पिएम १० क्रमशः २१९ र २३७ रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वायुको गुणस्तर सूचक शून्यदेखि ५० सम्म रहेमा त्यसलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्म सन्तोषजनक, १०१ देखि २०० सम्म मध्यम, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० भएमा ज्यादै कमजोर तथा ४०१ देखि ५०० भएमा गम्भीर मानिन्छ । 

व्दारकामा वायुको गुणस्तर ३६१ र नाडेलाको ३०० रेकर्ड गरिएको थियो । 

Global Ime bank

छिमेकी राज्यहरु पन्जाब र हरियणामा नियमित रुपमा घाँस पराल बाल्ने गरेका कारण नयाँदिल्ली र एनसीआरमा वायुको गुणस्तर खस्किएको हो । 

त्यस्ता वस्तु बाल्न निषेध गरिए पनि कृषकहरुले अझै रोकेका छैनन् किनभने उनीहरुसँग अन्य उपयुक्त विकल्प उपलब्ध छैन । उनीहरुले आफ्ना कारणले नभई उद्योगहरु र सवारी साधनका कारण नयाँदिल्लीमा प्रदूषण बढेको आरोप लगाउँदै आएका छन् । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement