site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ताइवानमा रेल दुर्घटना, छानबिनको आदेश
Sarbottam CementSarbottam Cement

ताइवान । ताइवानका राष्ट्रपति चाइ इङ–वेनले आइतबार भएको रेल दुर्घटनाको बारेमा तत्काल छानबिन गर्न आदेश दिएको छ । ताइवानमा विगत २७ वर्षकै सबैभन्दा भयानक मानिएको उक्त रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । 

ताइवानको पूर्वी तटीय क्षेत्रमा पुयुमा एक्सप्रेस दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा अरु एकसय ८७ जना घाइते भएका थिए । 

अधिकारीहरुले रेलमा यात्रारत केहीको सनाखत अझै हुन नसकेको बताएका छन् । दुर्घटनास्थलबाट यात्रीको विस्तृत विवरण खोजतलास गर्ने कार्य अझै भइरहेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दुर्घटनाग्रस्त पुयुमा एक्सप्रेसका डब्बालाई हटाउन ठुल्ठूला क्रेनको प्रयोग गरिएको छ । रेलका सबै आठवटा डब्बा रेलको लिकबाट बाहिर उछिट्टिएका थिए । वर्षाका कारण उद्धार कार्यमा समस्या रहेको रेल अधिकारीहरुले जनाएका छन् । 

उक्त क्षेत्रमा रेलसेवा आंशिक रुपमा शुरु भएको छ । ताइवानका राष्ट्रपतिले सोमबार बिहानै दुर्घटनास्थलको स्थलगत अवलोकन गरेका छन् ।  

Global Ime bank

उनले दुर्घटनाको कारण तत्काल पत्ता लगाउन आदेश दिइएको संवाददाताहरुलाई बताए ।  

स्थानीय टेलिभिजनले प्रसारण गरेको भिडियो फुटेजमा रेल दुर्घटना भएलगत्तै यात्रुहरुले झ्याल फुटाएर बाहिर निस्किएको देखिएको थियो । 

यात्रुहरुले रेल दुर्घटना हुनुअघि जोडले हल्लिएको र तीव्र गतिमा रहेको बताएका छन् । “रेल दुईपटक रोकिएको थियो र त्यसैबेला हामीले रेलमा केही समस्या भएकाले मर्मत आवश्यक छ भनेर जानकारी दिएका थियौं,” एक जना यात्रु चिउले बताए ।  

“हामीले रेलको गति अति बढी रहेको अनुभव गरेका थियौं, त्यसपछि ठूलो आवाज आयो र हामी आफ्ना सिटबाट उडेका थियौं,” उनले भने । उनले त्यसबखत धेरै यात्रु सुतिरहेका थिए । 

यो रेल दुर्घटना सन् १९९१ यताकै सबैभन्दा डरलाग्दो हो । त्यसबखत पश्चिमी ताइवानको मियाओलीमा दुईवटा रेल जुधेर भएको दुर्घटनामा ३० जना यात्रुको मृत्यु हुनुका साथै एकसय १२ जना घाइते भएका थिए । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC