site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालको प्रस्ताव सम्बोधन भएन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले नेता माधवकुमार नेपालको प्रस्ताव अस्वीकृत गरेको छ । आज बसेको ने क पाको सचिवालय वैठकले माधव नेपालले अघि सारेको प्रस्ताव अस्वीकृत गरेको हो । 

भदौ २८ गते बसेको पार्टी सचिवालय बैठकले एकीकरणसम्बन्धी नयाँ मापदण्ड तयार पार्न पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो । असोजको पहिलो साता बसेको सचिवालयले प्रदेशको अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज नै तोकेपछि ने क पाका तेस्रो वरियताका नेता नेपालले असहमति जनाउँदै लिखित असन्तुष्टि राखेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

ने क पा नेता झलनाथ खनालले नेता नेपालले राखेको विषयमा गम्भीर छलफल भएको र आगामी दिनमा विधी र पद्धती अनुसार अगाडि बढ्ने सहमति भएको बताए । एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी दिनेगरी गरिएको निणर्य यो पटकलाई फिर्ता नहुने तर आगामी दिनमा यस्ता निर्णय नगर्ने निर्णय भएको नेता खनालले बताए । 

मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरूङ र शंकर पोखरेललाई गण्डकी र ५ नम्बर प्रदेशको इन्चार्ज तोकेर दोहोरो जिम्मेवारी दिएकोप्रती नेता नेपालले असन्तुष्टि जनाएका थिए । 

Global Ime bank

बैठकले पार्टीको केन्द्रीय प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत गरेको छ । 

जिल्ला कमिटीको एकीकरण, जनवर्गीय संगठनको एकीकरण, सरकार सञ्चालनलगायतका विषयमा छलफल गर्न ७ गते पुनः बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC