site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपाल पनि एक्लिए, ‘लिखित असन्तुष्टि’ सम्बोधन भएन
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ९ सदस्यीय सचिवालयमा माधव नेपाल एक्लिएका छन् । पार्टी सचिवालयको बैठकले तेस्रो वरियताका नेता माधव नेपालले २२ असोजमा पेश गरेको लिखित असहमतिमाथि कुनै निर्णय गरेन ।

“माधव नेपालले पेस गर्नुभएको प्रस्तावमाथि लामो छलफल भयो । तर, त्यसविषयमा कुनै निर्णय भएन,”सोमबारको सचिवालयको बैठकपछि चौथो वरियताका नेता झलनाथ खनालले बाह्रखरीसँग भने ।

खनालका अनुसार बैठकमा ५ असोजको सचिवालयको बैठकले गरेको निर्णयसँग सम्बन्धित रहेर नेता नेपालले असहमति पेस गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

नेता नेपालले लिखितरूपमा बुझाएको पत्रमा पार्टीका हरेक निर्णय सहमतिका आधारमा गरिनुपर्ने, पार्टीले यसअघि तय गरेको मापदण्डमै टेकेर एकव्यक्ति एक पद, जिम्मेवारी बाँडफाँट गरिनुपर्नेलगायतका विषय समाविष्ट थिए ।

नेता नेपालले आफू विदेश भएकाबेला २८ भदौमा बसेको सचिवालयको बैठकको मर्म, भावना लत्याएर प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिएको भन्दै असन्तुष्टि व्यक्ति गर्दै आएका छन् । भदौको अन्तिम साता (२८ भदौ)मा बसेको सचिवालयको बैठकले प्रदेश, जिल्ला तहको कमिटी एकीकरण गर्न नयाँ मापदण्ड, विधि तय गर्न प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

Global Ime bank

तर, सचिवालयले निर्णय गरिसकेकाले त्यसबारेमा पुनर्विचार नगर्ने निर्णय भएको नेता खनालको भनाइ छ ।

“आगामी दिनमा निर्णय गर्दा उहाँले उठाएका कुराको सम्बोधन गर्ने तर निर्णय भइसकेकाले त्यसमा पुनर्विचार गर्ने तहमा बैठक पुगेन । त्यसमा उहाँ पनि सहमत हुनुभयो,” नेता खनालले भने ।

माधव नेपाल किन एक्लिए ?

आइतबार र सोमबारका लागि बोलाइएको बैठकमा आधादर्जन बढी एजेन्डा थिए । आइतबारको बैठक पूरै रामवीरको राजीनामा र वामदेव प्रकरणमाथिको छलफलमै सीमित भयो । आइतबारको बैठकमा जसरी वामदेव एक्लै परे, सोमबारको बैठकमा त्यही ‘नियति’ नेता नेपालको हकमा पनि दोहोरियो ।

“रामवीरलाई राजीनामा दिन लगाउने र वामदेवलाई उपनिर्वाचन लडाउने प्रस्तावमा जसरी सचिवालयका आठैजना नेता विपक्षमा देखिनुभो, नेता नेपालको हकमा पनि त्यही लागुभयो,” सचिवालयका एक नेताले भने ।

विशेषगरी नेता नेपालले वर्षे अधिवेशन अन्त्यका दिन संसद्मा गरेको सम्बोधनप्रति सचिवालयकै नेता असन्तुष्ट थिए । विधि, पद्धति र कमिटी प्रणालीको कुरा उठाउने नेता नेपालले सरकारको आलोचना सार्वजनिक मञ्चमा गरेको भन्दै पार्टीभित्रै उनको तीव्र आलोचना भएको थियो । त्यस्तै पार्टी अध्यक्षद्वय मुलुक बाहिर रहेका बेला स्थायी कमिटीको भेला बोलाएर ‘शक्तिको अभ्यास’ गरेको भन्दै सचिवालका नेता रूष्ट थिए ।

चौथो वरियताका नेता झलनाथ खनालले नेता नेपालको प्रस्तुतिको त्यतिबेलै टिप्पणी गरेका थिए । नेता नेपालले आयोजना गरेको चियाभेलामा समेत उनी अनुपस्थित रहे ।

त्यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादललगायत पूर्वमाओवादी निकट नेताहरू पनि नेता नेपालको शैलीप्रति सन्तुष्ट थिएनन् ।

ईश्वर पोखरेल, वामदेव गौतम समेतले साथ नदिएपछि नेता नेपाल असन्तुष्टि सम्बोधन गराउन असफल भएका हुन् ।

आइतबारको बैठक ईश्वर पोखरेलको आलोचनामा केन्द्रित
आइतबारको बैठकले काठमाडौँ–७बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रामवीर मानन्धरको राजीनामा प्रकरण विधिवत् टुंग्यायो ।

बैठकको शुरूमै एकघन्टा बोलेका वामदेवले उपनिर्वाचन लड्ने प्रयासको सक्दो बचाउ गरेका थिए । व्यक्तिगत इच्छा, चाहनाले भन्दा पनि पार्टीको आवश्यकताले उपनिर्वाचन लड्ने मनस्थितिमा पुगेको बताएको एक सचिवालयका नेताले बताए ।

“सचिवालयले दृष्टिकोण नबनाउँदै, छलफल नहुँदै समाजिक सञ्जालमा मविरुद्ध प्रचार शुरू गरियो, अनेक कोणबाट मलाई बदनाम गराउने कोशिस भयो,” गौतमको भनाइ उद्धृत गर्दै ती नेताले बाह्रखरीलाई बताए ।

त्यस्तै उनले आफूलाई भारतीयको उक्साहटमा उपनिर्वाचन लड्न लागेको भनेर प्रचार गरिएको भन्दै बैठकमै दुःखेसो पोखेको स्रोतको दाबी छ ।

उनको असन्तुष्टि विशेष गरी रक्षामन्त्री समेत रहेका नेता ईश्वर पोखरेलप्रति थियो । उनले पार्टीले कुनै धारणा बनाउन नपाउँदै, निर्णय नै नहुँदै मिडियाबाजी गरिएको भन्दै तीतो पोखेका थिए ।

ईश्वर पोखरेलप्रति आक्रोश वामदेवलेमात्रै पोखेनन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाललेसमेत ईश्वर पोखरेलको फेसबुक स्ट्याटसलाई लिएर असन्तुष्टि जाहेर गरेको स्रोत बताउँछ ।

“म सम्बन्ध सुधार्न भारत भ्रमणमा गएको थिएँ, तर मेरो भारत भ्रमणलाईसमेत विवादमा पार्ने कोशिस भयो,” प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले बतायो ।

पोखरेलले सामाजिक सञ्जालमा व्यक्त गरेको टिप्पणीप्रति नेता नेपालले पनि बैठकमा आलोचना गरेका थिए ।

यसैबीच बुधबार बस्ने बैठकले बाँकी एजेन्डामा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै आज बसेको बैठकले नेता श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजीनामा अस्वीकृत गरेको उनको भनाइ थियो ।

सात गते बस्ने बैठकले सरकारको समीक्षा, प्रदेश कमिटीको पूर्णता, जिल्ला तहको कमिटीको एकीकरण, केन्द्रीय निकाय र विभागको गठन, जनसंगठनको एकता, चियापान कार्यक्रम लगायतका विषयमा छलफल गरी निर्णय लिने प्रवक्ता श्रेष्ठको भनाइ थियो ।
फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  २०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC