site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एकदिवसीय विश्वकप छनोटको नयाँ नियम, नेपालको बाटो के ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आर्र्इसिसी) ले एकदिवसीय विश्वकपका लागि नयाँ नियम बनाएको छ । सिंगापुरमा सम्पन्न आर्इसिसी बोर्ड बैठकले भारतमा आगामी सन् २०२३ मा हुने विश्वकपका लागि नयाँ छनोट प्रक्रिया पारित गरेको हो। 

यसअनुसार २०२३ को विश्वकप छनोटका लागि आईसीसीले टोलीहरूलाई सुपर लिग, लिग टु र च्यालेन्ज लिग गरी ३ समूहमा विभाजन गरेको छ । सुपर लिगमा अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, नेदरल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, पाकिस्तान, वेस्ट इन्डिज र जिम्बाब्वे गरी १३ टोली छन् । सुपर लिगका शिर्ष ८ टोली सिधै विश्वकपका लागि छनोट हुनेछन् । पुछारका ५ टोलीले विश्वकप छनोट प्रतियोगिता खेल्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

लिग टु मा नेपाल, स्कटल्याण्ड, युनाइटेड अरब इमिरेट्स र विश्व क्रिकेट लिग डिभिजन टु का शिर्ष  चार टोलीले प्रतिस्पर्धा  गर्नेछन् । डिभिजन टु मा पपुवा न्युगिनी, हङकङ, क्यानडा, नामिबिया र डिभिजन ३ का शिर्ष दुई टोली छन् । डिभिजन ३ को शिर्ष दुई टोलीको टुंगो लागिसकेको छैन । 

लिग टु का शिर्ष ३ टोली विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् भने पुछारका ४ टोलीले प्ले अफ प्रतियोगिता खेल्नुपर्नेछ । च्यालेन्ज लिगमा २०१९ अप्रिलसम्म आईसीसी विश्व वरीयताको २१ देखि ३२ सम्मका १२ टोलीले दुई समूहमा विभाजित भएर प्रतिस्पर्धा गर्नेछन् । 

Global Ime bank

आईसीसी क्रिकेट विश्वकप लिग टु मा रहेको नेपालले दुई चरणको छनोट प्रतियोगिता खेल्नु पर्नेछ। नेपालसँग पहिलो चरणमा स्कटल्याण्ड, युनाइटेड अरब इमिरेट्स र विश्व क्रिकेट लिग डिभिजन टु का शिर्ष चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । २०१९ जुलाईदेखि २०२१ सम्म चल्ने प्रतियोगितामा शिर्ष तीन टोलीले आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता खेल्नेछ । पुछारका ४ टोली आईसीसी क्रिकेट विश्वकप छनोट प्ले अफ प्रतियोगिता खेल्नेछन् । 
आईसीसी क्रिकेट विश्वकप छनोट प्ले अफमा च्यालेन्ज लिग प्रतियोगिता अन्तर्गत समूह एु र बी का विजेता टोली र लिग टु को पुछारमा रहने ४ टोली गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 
प्ले अफका शिर्ष २ टोलीले आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता खेल्नेछन् । जहाँ सुपर लिगको पुछारका ५, लिग टु को शिर्ष ३ र प्ले अफको शिर्ष २ टोली गरी १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका शिर्ष दुई टोली भारतमा हुने विश्वकपका लागि छनोट हुनेछन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC