साहित्य
भर्जीनिया । सञ्चारकर्मी तथा साहित्यकार सुविसुधा आचार्यले विदेशमा बस्ने नेपालीहरुले चाडबाडमा घर सम्झँदाको पीडा समेटेर ‘परदेशीलाई दशैं तिहार’ बोलको गीत सार्वजनिक गरेकी छन् ।
गायक अर्जुन सुनामको स्वर तथा संगीत रहेको यस गीतकाे म्युजिक भिडियोमा भिम दाहाल, सोनी विष्ट, बाल कलाकारहरू सृष्टि आचार्य र सस्मित दाहालको अभिनय छ ।
म्युजिक भिडियोमा निर्देशन हेम प्रभाषले गरेका हुन् । एकान्त मगरको सम्पादन रहेको गीतको छायांकन राजिब श्रेष्ठले गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५ ०८:४५
प्रतिक्रिया दिनुहोस्