site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘९० प्रतिशत चलचित्र पेस्तोल देखाएर हेर्न लगाए जस्तो लाग्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । एउटा चलचित्र निर्माणका लागि कति बजेट आवश्यक पर्छ भन्ने कुरा चलचित्रको स्क्रिप्ट, कथाले मागेको लोकेसन, कलाकार र प्रविधिले निर्धारण गर्छ । नेपालमा मात्रै होइन, हलिउड होस् या बलिउड जुनसुकै चलचित्र उद्योगमा चलचित्रको बजेट निर्धारण गर्ने मुख्य पक्ष यिनै हुन् । बाँकी साहायक पक्ष हुन् । 

नेपालमा व्यावसायिक चलचित्र निर्माणका लागि डेढदेखि दुई करोड रुपैयाँ लाग्ने गरेको चलचित्रकर्मीहरु बताउन थालेका छन् । केही चलचित्रले आफ्नो लगानी चार–पाँच करोड भनेर पनि दाबी गर्न थालिसकेका छन् ।  

“अहिले नेपालमा सामान्य चलचित्र निर्माणका लागि डेढदेखि दुई करोड बजेट खर्च हुन थालेको छ,” लेखक तथा निर्देशक खगेन्द्र लामिछाने भन्छन् । उनको लेखन तथा अभिनय रहेको चलचित्र ‘जय भोले’ अहिले प्रदर्शनरत छ । 

Prabhu Bank
Agni Group
NIC Asia

डेढदेखि दुई करोड रुपैयाँ लगानी भए पनि अधिकांश चलचित्रले लगानी उठाउँदैनन् । नेपालमा बर्सेनि दुई सयभन्दा धेरै चलचित्रले निर्माण इजाजत लिन्छन् भने सयको हाराहारीमा रिलिज हुने गरेको चलचित्र विकास बोर्डको तथ्यांक छ । 

रिलिज हुने गरेका मध्ये ९५ प्रतिशत चलचित्रले लगानी उठाउन सकिरहेका छैनन् । चलचित्र घाटामा जानुको मुख्य कारण कथा तथा पटकथामा हुने गरेको कमजोरी रहेको चलचित्र लेखक, निर्माता तथा अभिनेता दीपकराज गिरी बताउँछन् । चलचित्रले लगानी उठाउन नसक्नुको मुख्य कारण कथा–पटकथामा रहेको कमजोरी रहेको उनको भनाइ छ ।

Global Ime bank

“दुःखका साथ भन्नुपर्छ, ९० प्रतिशत सिनेमा हेर्न दुई घण्टा हलमा बस्नु भनेको पेस्तोल देखाएर अपराधीलाई राखेर जबर्जस्ती हेर् भनेजस्तै हो,” गिरी भन्छन्, “पहिला एभरेज सिनेमा त बनाउनुस् । ९० प्रतिशत सिनेमाले टर्चर दिन्छन् । म यो कुरा तपाईंसँग मात्रै होइन, जुनसुकै सार्वजनिक समारोहमा पनि भन्न सक्छु । साथीले सिनेमा बनाउनु हुन्छ, हेर्न हलमा हेर्न गयो, दुई घण्टासम्म सिनेमा नै हेर्न गएजस्तो लाग्छ । जबसम्म सिनेमा हेरे जस्तो नलाग्ने बन्दैन, त्यो बेलासम्म हामी सफल हुँदैनौं ।”

टर्चर दिने चलचित्र बनाएर दर्शकले नेपाली सिनेमालाई माया गरेनन् भन्नुको अर्थ नरहेको उनी बताउँछन् । दीपकराजको लेखन तथा अभिनय रहेको चलचित्र ‘छक्का पञ्जा–३’ अहिले प्रदर्शन भइरहेको छ । 
अर्का निर्देशक तथा कलाकार अशोक शर्मा नेपाली बजारअनुसार चलचित्रको संख्या धेरै भएको जिकिर गर्छन् । आवश्यकताभन्दा धेरै चलचित्र निर्माण तथा रिलिज भइरहेको उनको तर्क छ ।

“पहिलो समस्या डिमान्डभन्दा सप्लाई धेरै भयो । नेपाली चलचित्र उद्योग वर्षको सय वटा चलचित्र चाहिने उद्योग होइन । दुई हप्ताको एउटा चलचित्र चल्यो भने २६ वटा चलचित्र भए पुग्छ । त्यसमा पनि कुनै चलचित्र दुई हप्ता चल्लान्, कुनै–कुनै त एक हप्ता पनि नजाला,” अशोक भन्छन्, “त्यसैले हामीलाई वर्षको ३० वटा चलचित्र भए पुग्छ । यसो भएको खण्डमा मेकर पनि गुणस्तरीय चलचित्र निर्माणमा केन्द्रित हुन्छ । बिजनेसमा सहयोग पुग्छ ।” सिनेमा कमसल हुनु चलचित्र लगातार घाटामा जानुको अर्को कारण रहेको उनको ठहर छ । 

नेपाली चलचित्रको आन्तरिक बजार बढाउनु र अन्तर्राष्ट्रिय क्षेत्रमा बजार खोज्ने कार्य सँगसँगै लैजानुपर्नेमा अभिनेता तथा लेखक खगेन्द्र बताउँछन् । “कलाकार, निर्माता तथा प्राविधिक आर्थिक रुपमा बाँच्न नेपालीले मन पराउने व्यावसायिक चलचित्र पनि बनाएर नेपालमा चलाउनु पर्छ,” खगेन्द्र बाह्रखरीसँग भन्छन्, “नेपाली चलचित्रको विदेशमा बजार खोज्न र स्थापित गर्दै लैजान अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलमा अप्रोच गर्ने खालका चलचित्र निर्माण पनि सँगसँगै गर्दै जानुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC