site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
रामवीरको राजीनामा !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं संसदीय निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभामा निर्वाचित सदस्य रामवीर मानन्धरको राजीनामा प्रकरण नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमको तेजोबध गरेर सामसुम भएको छ । मानन्धरले आफ्नो राजीनामा पत्र सभामुखको साटो पार्टीका एक जना अध्यक्षलाई बुझाएकाले होला पार्टीकै बैठकले अस्वीकृत गर्ने निर्णय गरेको समाचार सार्वजनिक भएको छ । पार्टी नेता वामदेव गौतमलाई प्रतिनिधि सभाको सदस्य बनाउन सांसद मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । नेता गौतम प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट पराजित भएका थिए । चुनाव हारेपछि उनले सांसद बन्नका लागि अरू सांसदलाई पद त्याग गराउने प्रयास गरेकोमा विफल भएका थिए । अन्ततः मानन्धरले गौतमलाई सांसद हुने बाटो खोल्न आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

रामवीर मानन्धरको राजीनामा प्रकरणले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र खलबल मच्चियो । त्यस्तै उनी निर्वाचित भएको क्षेत्रमा पनि हलचल ल्यायो । मानन्धरकै पार्टीका कतिपय कार्यकर्ताले उनको निर्णयको विरोध गरे । निर्वाचन क्षेत्रका जनताले मानन्धरको राजीनामा गर्ने निर्णयप्रति विश्मय प्रकट गरे । अनावश्यक उपनिर्वाचन गराउन खोजेकोमा मानन्धर, गौतम र नेकपाको व्यापक आलोचना भयो । सामाजिक सञ्जालमा पनि मानन्धरको निर्णयको व्यापक आलोचना भयो । मानन्धरहरूको एउटा संस्थाले त रामवीरलाई दिएको सम्मानसमेत फिर्ता लिने निर्णय गरेको समाचार सार्वजनिक भएको थियो । यति सबै भइसकेपछि नेता गौतमले आफू काठमाडौं – ७ बाट चुनाव नलड्ने घोषणा गरे । अन्ततः नेकपा (नेकपा) ले रामवीर मानन्धरको राजीनामा प्रकरण समाप्त भएको निर्णय गरेको समाचार सार्वजनिक भयो । 

कानुनीरूपमा रामवीर मानन्धरको पद कायमै छ । त्यसो त उनले राजीनामा नै पार्टीका अध्यक्षलाई बुझाएका थिए । पद त्याग गर्न त संसद् सचिवालयमा लिखित राजीनामा दर्ता गराउनुपर्छ । तैपनि, रामवीर मानन्धरले पद त्याग गर्ने घोषणा त गरेकै हुन् । यसैले नैतिक दृष्टिबाट उनले पदमा बसिरहनु उचित देखिँदैन । पार्टीको गुटगत स्वार्थका लागि मतदातालाई धोका दिन तम्सने प्रवृत्ति भएको व्यक्तिले प्रतिनिधित्व गर्दा काठमाडौं – ७ का जनताले पनि अपमान बोध गरेको हुनुपर्छ । कम्युनिस्टहरूका लागि सिद्धान्ततः नैतिकता ‘बुर्जुवाहरूको स्वार्थ’का लागि प्रयोग हुने शब्द होला तर संसदीय राजनीतिमा नैतिकता भएन भने विकृति झाँगिन्छ । अहिलेको शासन प्रणाली परिमार्जित भए पनि संसदीय व्यवस्था नै हो । यसैले राजनीतिलाई थप विकृत हुन नदिने हो भने रामवीर प्रवृत्तिलाई हतोत्साहित गर्नुपर्छ । बहुमत र कानुनी दाउपेचका आडमा यस्तो विकृत प्रवृत्तिलाई संरक्षण गर्दा शासन पद्धतिका साथै सत्तारुढ दलकै लागि पनि प्रत्युत्पादक हुनेछ । नैतिक दृष्टिबाट परास्त हुने कि रामवीर प्रवृत्तिलाई हतोत्साहित गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता तथा पार्टी अध्यक्ष प्रधानमन्त्री केपी ओलीले नै रोज्नुपर्छ । नैतिकतालार्इ बेवास्ता गर्ने यही प्रवृत्ति बढ्यो भने लोकतन्त्रको त उपहास हुने नै छ राष्ट्रियता जोगाउन पनि सकिनेछैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC