site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल र डब्लुटीओबीच द्विपक्षीय वार्ता सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वीट्जरल्याण्ड भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादव र विश्व व्यापार संगठन (डब्लुटीओ) का महानिर्देशक रोबर्टो अजेभेडोबीच जेनेभामा द्विपक्षीय बैठक सम्पन्न भएको छ । सोमबार भएको उक्त बैठकमा विश्व व्यापारसँग सम्बन्धित मुद्दामा छलफल भएको जेनेभास्थित नेपाली स्थायी नियोगले जनाएको छ । 

बैठकमा वहुपक्षीय व्यापार प्रणाली, व्यापार वार्तामा राज्यको भूमिका, अतिकम विकसित राष्ट्रको चासो लगायतका विषयमा छलफल भएको थियो । बैठकमा विश्व व्यापार संगठनले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री यादवले नेपाललाई प्राविधिक सहयोग निरन्तर उपलब्ध गराउन आग्रह गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

जवाफमा बढ्दो विश्व व्यापारको तनावप्रति सजग गराउँदै विश्व व्यापार संगठनका महानिर्देशक अजेभेडोले यसलाई सुल्झाउन सबै सदस्य राष्ट्रको सहयोग आवश्यक पर्ने औंल्याएका थिए । विश्व व्यापार संगठन असफल भए यसको असरले सबै राष्ट्र प्रभावित हुने उनले बताएका थिए । 

बैठकमा उनले नेपालले आगामी डिसेम्बरमा दोस्रो व्यापार नीतिको समीक्षा कार्य सम्पन्न गर्नेमा विश्वास व्यक्त गरेका थिए । बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यमकुमारी खतिवडा, जनेभास्थित नेपाली स्थायी नियोगका स्थायी प्रतिनिधि तथा राजदूत दीपक घिताल, उपस्थायी नियोग प्रमुख मिना अर्याल लगायतको उपस्थिती रहेको थियो । मन्त्री यादव वर्ल्ड इन्भेष्टमेन्ट फोरम, २०१८ मा सहभागी हुन जेनेभा पुगेका हुन् । 
 
 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC