काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार रोक्का गरेको ४८ कम्पनीमध्ये थप दुई कम्पनीको कारोबार सुचारु भएको छ । वार्षिक नवीकरण शुल्क बुझाएपछि अरु दुई कम्पनीको सेयर कारोबार पुनः सुचारु भएको हो ।
सोमबार वरुण हाइड्रो र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले नवीकरण शुल्क बुझाएपछि यी कम्पनीको कारोबार सुचारु गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेले आइतबार २६ कम्पनीको कारोबार रोक्का गरेको थियो । ती कम्पनीहरुले नयाँ आव सुरु भएको पहिलो त्रैमासिक भित्र नवीकरण शुल्क नबुझाएकाले कारोबार रोक्का गरिएको हो ।
नेप्सेमा सूचीकृत रहेका २ सय १२ कम्पनीमध्ये ४१ कम्पनीको कारोबार अझै रोक्का छ । यसैगरी नेपाल धितोपत्र बोर्डको निर्देशनमा सोमबार कारोबार रोक्का गरिएको ब्रोकर कम्पनी नीभ सेक्युरिटिजको कारोबार पनि सुचारु गरिएको छ ।