site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेलबर्न स्टार्स म्यानेजर उडहिल भन्छन्– सन्दीप बिबिएलमा स्टार बन्छन्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सन्दीप लामिछानेलाई अस्ट्रेलियन बिग बास क्रिकेट लिगमा अनुबन्ध गरेको मेलबर्न स्टार्सका लिस्ट म्यानेजर ट्रेन्ट उडहिलले नेपाली लेग स्पिनर प्रतियोगितामा स्टार बन्ने आशा व्यक्त गरेका छन् । मलेसियामा सम्पन्न एसियन यु—१९ च्याम्पियनसिपमा पहिलो पटक सन्दीपको खेल हेर्न पाएको बताउँदै उनले भने, “उनको बलिङ क्षमता र आक्रामकताले प्रभावित बनाएको थियो । आईपीएलमा दिल्लीबाट डेब्यु गरेका सन्दीपले सिपिएलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वास छ, उनले बिबिएलमा पनि राम्रो प्रदर्शन गरेर प्रतियोगितामा स्टार बन्नेछन् ।”
सोमबार सन्दीपलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि टिममा अनुबन्ध गरेको  हो । १८ वर्षे लेग स्पिनर सन्दीप मेलबर्नबाट दुई सत्रमा खेल्नेछन् ।
उनी बिग बास खेल्न डिसेम्बर १० मा अस्ट्रेलिया पुग्नेछन् । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा यसअघि नै अनुबन्धित भइसकेकाले उनी सिलेट सिक्सर्सबाट बीपीएल खेल्न जनवरी १५ मा बंगलादेश आउनेछन् । बीपीएल सकिएपछि उनी फेरि बिग बासका लागि अस्ट्रेलिया फर्कने मेलबर्न स्टार्सको वेबसाइटमा उल्लेख छ । सन्दीप बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् ।
सन्दीपले यसअघि क्यानडामा ग्लोबल टी–२० लिग खेल्दा ४० हजार डलर पाएका थिए भने सन्दीपले बिग बासमा पाउने पारिश्रमिक अहिलेसम्मकै बढी हुुनेछ । फ्रेन्चाइज लिगमा इन्डियन प्रिमियर लिग (आईपीएल) र बिग बास सबैभन्दा ठूला प्रतियोगिता हुन् । अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले साढे दुई वर्षअघि सन्दीपलाई सिड्नीमा बोलाएर बेस्ट सबर्सबाट ग्रेड क्रिकेट खेल्ने मौका दिएका थिए । क्लार्कले सन्दीपको सपना पूरा भएको र यसले गौरवान्वित बनाएको बताएका छन् ।

सन्दीपले दिल्ली डेयरडेभिल्सका सहयात्री ग्लेन म्याक्सवेलसँग बिबिएलमा पनि खेल्न पाउँदा खुशी लागेको बताए । “मेलबर्नसँग अनुबन्ध हुन पाउँदा धेरै खुशी लागेको छ, मेलबर्न क्रिकेट मैदानमा खेल्ने मेरो सपना थियो । म धेरै उत्साहित छु,” सन्दीप लामिछानेले भने, “मलाई सहयोग र माया गर्ने सबैलाई धन्यवाद । म मेरो तर्फबाट सक्दो राम्रो गर्ने प्रयास गर्नेछु ।”
अफगानिस्तान प्रिमियर लिग (एपीएल) खेलेर सन्दीप २ दिन अघिमात्र नेपाल फर्किएका छन् । उनी शुक्रबारदेखि पोखरामा सुरु हुने पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सका मार्की प्लेयर रुपमा खेल्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC