site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
थाइल्याण्डलाई बराबरीमा रोक्ने नेपालको लक्ष्य
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली यु–१९ महिला फुटबल टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले थाइल्याण्डलाई बराबरीमा रोक्ने बताएका छन् । मंगलबार भएको प्रिम्याच कन्फ्रेरेन्समा प्रशिक्षक श्रेष्ठले थाइल्याण्ड बलियो टोली भएपनि बराबरीमा रोक्ने रणनीतिमा रहेको बताए । 
उनले भने, “घरेलु टोली बलियो छ तर हामी बराबरी गर्नेछौं । डिफेन्सलाई बलियो बनाउँदै काउन्टर अट्याकमा गोल गर्ने प्रयासमा हुनेछौं ।” नेपाली महिला टोलीले भोलि बुधबार आयोजक थाइल्याण्डविरुद्ध खेल्दै एएफसी यु–१९ च्याम्पीनसिप छनोटमा यात्रा सुरु गर्दैछ । 
अर्को चरणमा पुग्ने उद्देश्यसहित नेपाली टोली सोमबार थाइल्याण्ड पुगेको छ । आयोजकको हैसियतले थाइल्याण्डले अर्को चरणको यात्रा पक्का गरिसकेको छ भने नेपालले अब अर्को चरणका लागि उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । प्रशिक्षक श्रेष्ठले भने, “हामी अर्को चरणका लागि गर या मरको अवस्थामा छौं । खेलाडीले शतप्रतिशत प्रदर्शन गर्नेमा आशावादी छु । थाइल्याण्डको खेल इन्टरनेटमा हेरेर त्यहीअनुसार तयारी गरेका छौं । उनीहरुको फर्वाड निकै बलियो छ, हामी त्यसलाई रोक्नेछौ ।” 
भुटानमा सम्पन्न यु–१८ साफबाट बटुलेको अनुभव अबको खेलमा पस्कने प्रशिक्षकको दाबी छ । “साफबाट टोलीले आफूलाई प्रमाणित गरिसकेको छ । यु–१९ टिममा पनि त्यहि खेलाडी समावेश छन् । अनुभवी राष्ट्रिय टोलीका सरु लिम्बू, अन्जना रानामगर र मन्जली योन्जन छन्, जसले उत्कृष्ट प्रदर्शन गर्न सहज हुनेछ,” उनले भने । 
टोलीकी कप्तान सरु लिम्बुले जितका लागि मैदान उत्रिने बताइन् । “थाइल्याण्डको बलियो पक्षविरुद्ध खेलाडी सचेत छन् । प्रशिक्षकको रणनीति र सुझावअनुसार खेल्नेछौं । जित निकाल्नेमा विश्वस्त छु ।”
थाइल्याण्डका प्रशिक्षक अरुनले टोलीले साढे १ महिनाको प्रशिक्षणमा केही मैत्रीपूर्ण खेल खेलेको बताए । १० दिने चीन भ्रमणका समयमा खेलेका मैत्रीपूर्ण खेलबाट कमजोरी सुधारेको उनको भनाइ छ । 
बुधबार बेलुका सवा ६ बजे थाइल्याण्डसँग खेल्दै यात्रा सुरु गर्ने नेपालले दोस्रो खेल शुक्रबार भारत र समूहको अन्तिम खेल आगामी आइतबार पाकिस्तानसँग खेल्नेछ । च्याम्पीयनसिप छनोटमा ६ समूहबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक राष्ट्र र बाँकी दुई उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन् । दोस्रो चरणको छनोट खेल आगामी अप्रिलमा हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC